logo
२०८१ बैशाख १२ बुधवार



गाउँमा जीप पुगेपछि स्थानीयमा खुशीयाली

खुला |
प्रदेश |


गाउँमा जीप पुगेपछि स्थानीयमा खुशीयाली


राजन रावत
हुम्ला, फागुन २४ गते । दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका –१ को कल्खे गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयहरु खुशी भएका छन् । दुर्गम गाउँमा पर्ने कल्खे गाउँमा गाडी पुग्दा स्थानीय बासिन्दा खुशी भएका हुन् ।

कल्खे गाउँका स्थानीय मोतिलाल महाताराले गाउँकै बासिन्दाले नयाँ गाडी हालेर गाउँ पुगाएपछि स्थानीयको खुसीयालीको सीमा नै नरहेको बताउनुभयो । एकातिर पहिलो पटक बोेलेर जीप गाउँ पुगेको र अर्को त्योभन्दा वडासम्म यातायात सुचारु भएपछि स्थानीय खुशी हुनुभएको बताउनुभयो ।

यसअघि सडक निर्माण भएको पनि यातायात सुचारु हुनसकेको थिएन । अर्कातिर स्थानीय बासिन्दालाई यति छिटै गाउँमा गाडी गुड्ला भन्ने बिश्वास समेत नभएकोबेला एक्कासी घर आँगनमै गाडी गुडेर यात्रु पुग्दा स्थानीयहरु अचम्मित परेको बताएका छन् । गाडी मालिक समेत रहनुभएका कलबहादुर महताराले गाउँपालिका केन्द्र श्रीनगरबाट पहिलो पटक गाउँमा गाडी पुग्दा स्थानीय फुलमाला र अबिर तथा अक्षता एक आपसमा लगाएर खुशीयाली मनाउनुभएको बताउनुभयो ।

सगनपात बनाएर एक आपसमा बाँडेर खाने कार्यसमेत भएको छ । गाउँवासीले उहाँ लगायत चालक र यात्रुलाई स्वागत गर्नुभएको थियो । अब कल्खे गाउँबाट बाजुराको धुलाचौरसम्म यातायात सुचारु गर्ने उहाँले बताउनुभयो । वडाको बस्तीसम्म यातायात सुचारु हुने भएपछि यात्रु आवतजावतका साथै खाद्यान्न तथा निर्माण सामग्री समेत ढुवानी गर्न सहज हुनेछ । योसहित अब अदानचुली गाउँपालिकाका चार वटा वडाहरु सडक यातायातसँग जोडिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?