logo
२०८१ बैशाख १२ बुधवार



कर्णाली करिडोरको हुम्ला खण्डको काम अन्तिम चरणमा

खुला |
प्रदेश |


कर्णाली करिडोरको हुम्ला खण्डको काम अन्तिम चरणमा
कर्णाली करिडोको दुल्ली कुनामा चट्टानी भागमा विष्फोट हुँदै । तस्बिर – राजन रावत



राजन रावत
हुम्ला, फागुन २५ गते । कर्णाली करिडोर अन्तर्गत हुम्ला खण्डको दुल्ली कुना र लालीबगर क्षेत्रमा हिल्सा सिमकोट सडक आयोजनाले निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । दुबै स्थानमा हाल आयोजनाले चट्टानी क्षेत्रमा विस्फाेट गर्ने र अन्य निर्माण गर्ने कार्य तीव्र पारेपछि काम अन्तिम चरणमा पुगेको हो ।

कर्णाली करिडोरको सलीसल्ला छारे खण्ड र खार्पु सुनाखाडा क्षेत्रका लागि दुई वटा निर्माण कम्पनीहरुले छुट्टाछुट्टै रुपमा निर्माण कार्यलाई तीव्रता दिँदै आएका छन् । जसमा लालीबगर क्षेत्रमा पिएस क्याराभ्यान कङ्ग्री जेभी र दुल्लीकुना क्षेत्रमा सपना धुलीखेल जेभी निर्माण कम्पनीले काम गर्दै आएका छन् ।

आयोजनाको इन्जिनियर निरजकुमार राजवंशीका अनुसार खार्पु लालीबगर क्षेत्रको २२ किलोमिटरमा पाँच सय मिटर मात्र बाँकी रहेको र सलीसल्ला सल्लेरी क्षेत्रको दुल्लीकुनामा पचास मिटर चट्टानी भाग मात्र बाँकी छ ।

दुबैतिर चट्टानी भाग रहेको कारण विस्फाेट गर्ने कार्य र स्काभेटरले सम्याउने कार्य एकै साथ भइ रहेको छ । सेनाले निर्माण कार्य सम्पन्न गरेर आयोजनालाई हस्तान्तरण गरेको कवाडीदेखि सलीसल्लामा कर्णाली नदीमा पुल निर्माण गर्ने कार्य भने हुनसकेको छैन । यता, सिमकोट खार्पु सडकखण्डको १२ किलोमिटरमध्ये सात किलोमिटर सडक निर्माण गर्न भने बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?