logo
२०८१ बैशाख १४ शुक्रवार



जनकपुरधामद्वारा चौध जना चित्रकार सम्मानित

खुला |
प्रदेश |


जनकपुरधामद्वारा चौध जना चित्रकार सम्मानित


लक्ष्मी चौधरी
जनकपुरधाम, फागुन २५ गते । सरकारले मिथिला चित्रकलालाई हुलाक टिकटमा अंकित गरेका चौध जना महिला चित्रकारलाई जनकपुरधाम उपमहानगरपालिकाले नगदसहित सम्मानित गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाद्वारा आयोजि जनकपुरधाम पर्यटन प्रवद्र्धन कार्यशाला गोष्ठि कार्यक्रममा हुलाक टिकटमा समावेश गरिएका मिथिला चित्र निर्माण गर्ने चौध जना महिला चित्रकारलाई एघार हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । हुलाक टिकटमा समावेश मिथिला चित्र दिगो विकास लक्ष्य (एसडीजी) का प्रतीक मानिएका १७ वटा मिथिला चित्र निर्माण गर्ने महिला सम्मानित भएका हुन् ।

सम्मानित हुने चित्रकार मञ्जुला ठाकुर, जयकाली मुखिया, अमृता दत्त, राजकुमारी मण्डल, सेलो यादव, सुमित्रा यादव, रेवती मण्डल, पानो दास, मधुमाला मण्डल, चन्द्ररेखा यादव, अञ्जना दास, कोमल पुर्वे, रेणु यादव र निर्मला राम रहनुभएको छ । सो चित्रकलालाई २०१९ मा अमेरिकामा भएको मिथिला महोत्सवमा जनकपुरधामका प्रमुख लालकिशार साहको नेतृत्वमा समावेश गरिएको थियो ।

कार्यक्रममा मिथिला क्षेत्र प्रवद्र्धनमा योगदान गर्नुभएका विभिन्न व्यक्तित्व संस्कृतिविद् रामबाबु ढकाल, युएनका पूर्व अधिकारी नवलकिशोर यादव, मिथिला चित्रकार एस.सी सुमन, पत्रकार एवं सहित्यकार रामभरोस कापडी, नारी विकास कोषकी संस्थापक क्लियर वर्केट, मिथिला केन्द्र अमेरिकाका संस्थापक अमितप्रसाद साह लगायतका व्यक्तिहरु समेत सम्मानित हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?