logo
२०८१ मंसिर १० सोमवार



श्रीमानद्वारा चक्कु प्रहार

खुला |


श्रीमानद्वारा चक्कु प्रहार


कमल शर्मा
दैलेख, फागुन २५ गते । अन्तर्राष्ट्रिय महिला दिवसकै दिन श्रीमानले श्रीमतीमाथि चक्कु प्रहार गरी घाइते बनाएका छन् । नारायण नगरपालिका–११ की २४ वर्षीया सावित्री शाहीमाथि २७ वर्षीय श्रीमान् बखतबहादुर शाहीले चक्कु प्रहार गरी घाइते बनाउनुभएको हो ।

घरमा बारम्बार कुटपिट र दुर्व्यवहार हुन थालेपछि गत पुस २९ गतेदेखि नौमूले गाउँपालिका–८ चौराठास्थित माइतीघरमा बस्दै आउनुभएकी सावित्रीमाथी सोमबार साझ बखतले चक्कु प्रहार गरेका प्रहरीले जनाएको छ ।

सावित्रीलाई बखतको चक्कु प्रहारबाट जोगाउन गएका उनका बुबा ४६ वर्षीय बमबहादुर चन्द र भाइ १४ वर्षीय सुरेश चन्दलाई पनि चक्कु प्रहार गरी घाइते बनाउनुभएको छ ।

घाइतेलाई गाउँकै मेडिकलमा प्राथमिक उपचारपछि दैलेख अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । चक्कु प्रहार गरी घाइते बनाएको पीडित महिलाको उपचार दैलेख अस्पतालमा भइरहेको डा. जगत थापाले जानकारी दिनुभयो । पीडित पक्षले मङ्गलबार दिएको ‘ज्यान मार्ने उद्योग’ सम्बन्धी जाहेरीका आधारमा आरोपित बखतबहादुर शाहीलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । उहाँलाई प्रहरी हिरासतमा राखिएको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्र जीत सुनारले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?