logo
२०८० चैत्र १५ बिहीवार



लागूऔषधसहित चार जना पक्राउ

खुला |
प्रदेश |


लागूऔषधसहित चार जना पक्राउ


रेखीराम राना
पाल्पा, फागुन २५ गते । जिल्ला प्रहरी कार्यालय पाल्पाले चार जना युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ । लागूऔषध लिएर पाल्पाबाट बुटवल जान लागेका र बाग्लुङ् जान लागेका युवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाको रिब्दीकोट –२, डम्बकबाट बाग्लुङ् नगरपालिका –८, घरभई बाग्लुङ् नपा हल्लनचोक बस्ने वर्ष २३ का सञ्जय नेपालीलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको जनाएको छ । नेपालीको साथबाट डाइजोपम २७ एम्पुल, प्रोमथजन २६ एम्पुल, नोफिन २७ एम्पुल गरी जम्मा ८० एम्पुल लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव निरीक्षक लक्ष्मण पचभैँयाले जानकारी दिनुभयो ।

यस्तै, बाग्लुङ् जिल्ला ताराखोला गाउँपालिका –१, बस्ने २१ वर्षका नितेष घर्तीमगर र बाग्लुङ् जिल्ला काठेखोला गाउँपालिका –५, बस्ने २० वर्षका मोहन श्रीसलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथमा नुफ्रिन ३ एम्पुल, डाइजोपम २ एम्पुल प्रेथोजिन ३ एम्पुल, प्रयोग गरेको डाइजोपम १ थान र सिरिन्ज २ थान फेला पारेको प्रहरीले जनाएको छ ।

ध २ प ३६९४ नम्बरको मोटरसाइकल प्रयोग गरी बुटवलतर्फ जानेक्रममा उनीहरूलाई प्रभास चौकीले चेकजाँचको क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यस्तै, हार्थोक प्रहरी चौकीले तानसेन हुँदै रिब्दीकोट सर्देवातर्फ जाँदैगरेको ध १ प १०४९ नम्बरको मोटरसाइकलसहित बाग्लुङ् जिल्ला बाग्लुङ् नगरपालिका –३, बस्ने २१ वर्षिय सौरव पुनलाई पक्राउ गरेको छ । पुनको साथबाट डाइजोपम २२, नुफ्रिन २०, प्रेथोजिम २२ गरी ६४ एम्पुल फेला परेको प्रहरीले सूचना अधिकारी पचभैँयाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?