logo
२०८१ बैशाख १३ बिहीवार



शिक्षाका कारण मुस्लिम महिला सरकारी सेवा सुविधाबाट वञ्चित

खुला |
प्रदेश |


शिक्षाका कारण मुस्लिम महिला सरकारी सेवा सुविधाबाट वञ्चित
फाइल तस्विर


ललिता साह
बोदेबर्साईन (सप्तरी), फागुन २५ गते । मुस्लिम समुदायका महिला मूलधारको शिक्षा नपाएरै राज्यको सेवा सुविधा र अधिकारबाट वञ्चित हुँदैआएको कार्यक्रमका वक्ताहरुले बताउनुभएको छ । इस्लामिक सङ्घ नेपाल मधेश प्रदेशले गरेको महिला अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो कुरा बताउनुभएको हो ।

सरकारी सेवा, सेना, प्रहरी, पत्रकार, अधिकार लगायतको कुनैपनि क्षेत्रमा सन्तोषजनक सहभागिता नरहेको सो समुदायका प्रतिनिधिहरुको भनाइ छ । जसको प्रमुख कारण शिक्षा रहेको उहाँहरुको बुझाइ छ । संघले फागुन २० देखि २६ गतेसम्म महिला अधिकारसम्बन्धी अभियान थालेको र त्यसक्रममा बुधबार सप्तरीको राजविराजस्थित अधिकारकर्मी सञ्चारकर्मी तथा मुस्लिम समुदायका महिलासँग गरिएको कार्यक्रममा बक्ताहरुले शिक्षाकै कारण मुस्लिम समुदायको प्रतिनिधित्व नभएको बताउनुभयो ।

मुस्लिम महिला आज पनि पर्दा, हलाला, तलाक, परिवार नियोजनका साधन प्रयोग नगर्ने र जति पनि सन्तान जन्माउन महिलालाई बाध्य पार्नेजस्ता कुप्रथा कायम रहेको सो समुदायको भनाई छ । यस विषयमा मुस्लिम इस्लामिक महिला सङ्घका अनैसा कलिमले भने सो कुरा स्वीकार्नु भएन । उहाँले भन्नुभयो, “हाम्रो धर्मगुरु जन्मेको अरबबाटै आजभन्दा १४ हजार वर्ष अघि नै मुस्लिम महिलाले बुर्का लगाउन भनेको उहाँले बताउनुभयो । मुस्लिम समुदायका महिलाका लागि बुर्का पहिचान भएको उहाँको भनाइ छ ।

अर्का मुस्लिम अधिकारकर्मी सबनमका अनुसार धर्ममा कतै पनि छोरी शिक्षालाई बन्देज नगरिएको बताउनुभयो । पुरुषको तुलनामा छोरीलाई शिक्षा र सीप हासिल गर्न बढी स्वतन्त्रता दिएको उहाँको भनाइ छ । सप्तरीका युवानेता यूसुफ अलिले मुस्लिम महिलालाई आवश्यकताभन्दा बढी पर्दामा बस्नु मुस्लिम धर्मले नभनेको बताउनुभयो ।

मुस्लिम अगुवा कलिम खानले हिजोसम्म मुस्लिम महिलालाई अरविक शिक्षा मात्रै अनिवार्यताको कारण राज्यको सेवासुविधा र अधिकारबाट वञ्चित गरिएको बताउनुभयो । हिजोसम्म मुस्लिम मिसदाष् गरीबीका कारण शिक्षाबाट वञ्चित थिए, अब विस्तारै परिस्थिति बदलिंदै गएको छ उहाँले भन्नुभयो ।

नेपालको सन्दर्भमा अरविक शिक्षा जीवनाेपयोगी नहुने भएकाले मुस्लिम विश्वविद्यालयमा एउटा विषय मात्रै अरेबिक राखेर बाँकी सबै विषय नेपाल सरकारको पाठ्यक्रमअनुसार छोरीहरुलाई जीवनाेपयोगी शिक्षा दिनुपर्ने उहाँको भनाइ छ ।
इस्लामिक संघका अध्यक्ष अब्दुल मन्नानका अनुसार कुनै पनि धर्ममा महिलालाई अन्याय नगरेजस्तै मुस्लिम धर्ममा पनि महिलाको स्थान उच्च छ । आउँदा दिनमा धर्मअनुसार पनि मुस्लिम महिलालाई उच्च शिक्षा र सीपमूलक शिक्षामा सहभागिता गराएर जानुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?