logo
२०८१ बैशाख १२ बुधवार



ताँजकोटमा एमालेको चुनावी भेला, सहयोग गर्न अपिल

खुला |
प्रदेश |


ताँजकोटमा एमालेको चुनावी भेला, सहयोग गर्न अपिल


राजन रावत
हुम्ला, फागुन २६ गते । नेकपा (एमाले) हुम्लाले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको प्रचार अभियानको शुरु गरेको छ । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा आज सभा सञ्चालन गरेर सो दलले चुनावी प्रचार अभियान सुरु गरेको हो ।

सभामा एमाले स्थायी कमिटी सदस्य गोरख बोगटीले अगामी स्थानीय तहको निर्वाचनमा एमाले पहिलो दल बन्ने दावी गर्नुभयो । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीत अभियानको शुरुवात गर्दै जिल्ला इन्चार्ज बोगटीले बाटो बिराएकालाई समयमै आफ्नो कमजोरी सच्याएर घर फर्कन आग्रह गर्नुभयो ।

एमालेमा लामो योगदान गरेका स्थानीय नेताले पछिल्लो समय तलवितल भएर बाटो बिराउनुभएकाले निर्वाचन अघि नै घर फर्कन उहाँले आग्रह गर्नुभयो । एमाले ताँजकोट गाउँकमिटीका अध्यक्ष नरदीप थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा हुम्ला जिल्लाका सहइन्चार्ज दलबहादुर फडेराले स्थानीय कुनै पनि सत्ताको आडमा एमालेका नेता र कार्यकर्तामाथि भएको दमनको विरोध गर्नुभयो ।

अदानचुली गाउँपालिकाका अध्यक्ष फडेराले आगामी निर्वाचनमा एमालेलाई सहयोग गर्नु आह्वान गर्नुभयो । निर्वाचनलाई लक्षित गरेर शुरु भएको एमालेको कार्यक्रममा नवनिर्वाचित जिल्ला अध्यक्ष कलबहादुर हमाल, सचिव तीर्थराज बोहरा, उपाध्यक्ष डबल रावत, निवर्तमान सचिव पूर्णप्रसाद ढकाललगायतका नेताले सम्बाेधन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?