logo
२०८१ बैशाख ११ मंगलवार



प्रजिअ परियारको निर्देशन कार्यान्वयन भएपछि सेवाग्राही खुशी

खुला |
प्रदेश |


प्रजिअ परियारको निर्देशन कार्यान्वयन भएपछि सेवाग्राही खुशी
फाइल तस्विर


राजन रावत
हुम्ला, फागुन २६ गते । जिल्लामा सरुवा भएर आएलगत्तै प्रमुख जिल्ला अधिकारी सीता परियारले कार्यालय प्रमुखलाई दिएको निर्देशन कार्यान्वयन हुने क्रम शुरुभएको छ । कार्यालय प्रमुखले आफूखुसी जिल्ला छोड्ने, सूचना तथा जानकारी दिने कार्यमा समस्या आएको आफैँले अनुभव बटुलेपछि कार्यालय प्रमुखसँग बैठक गरेर त्यसो नगर्न उहाँले यसअघि निर्देशन दिनुभएको थियो ।

निर्देशन कार्यान्वयमा आएको बताउनुहुँदै प्रजिअ परियारले काम भएपछि जनतामा सकरात्मक सन्देश गएको बताउनुभयो । यसअघि जथाभावी रुपमा कार्यालय प्रमुख जिल्ला छोड्ने गरेकोमा अब छोड्नै पर्ने भएमा समन्वय गरेर जान थालेको उहाँको भनाइ छ । निर्वाचन पनि नजिक आइसकेको कारण सानातिना कार्यक्रममा कार्यालय प्रमुखलाई जिल्ला छोड्न नदिएको उहाँले बताउनुभयो ।

कार्यक्रमको प्रकृति हेरेर जिल्ला छाड्ने अनुमति दिनेगरेको बताउनुभयो । जिल्लाका सबै सरकारी कार्यालयका प्रमुख र सूचना अधिकारीले अनिवार्य सरकारी नम्बर प्रयोग गर्न सुरु गरेको उहाँले जानकारी दिनुभयो । यसअघि कार्यालय प्रमुखले भएको नम्बर पनि प्रयोग नगर्ने र स्वीचअफ गरेर बस्नेगरेको स्थानीयको गुनासो थियो । त्यस्तै धेरै कार्यालयहरुले आफ्नो बार्षिक कार्यक्रमअनुसारका प्रगति विवरण पनि प्रशासन कार्यालयमा बुझाउन सुरु गरेको सो कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी फिल्डका कर्मचारीहरु पनि खटिन थालेको र कर्मचारी बिदा लिएर पनि कार्यालयको काममा संलग्न हुन थालेको प्रजिअ परियारले बताउनुभयो । सेवाग्राहीका काम छिटो र छरितो रुपमा गर्न कार्यालयका प्रतिनिधिहरुलाई उहाँले निर्देशन दिनुभएको थियो । प्रजिअले नियमित रुपमा कार्यालयको अनुगमन पनि गर्ने गर्नुभएको छ ।

बिकास निर्माण कामको अनुगमन गर्नुलाई उहाँले नियमित कार्य भएको बताउनुभएको छ । प्रजिअ परियार जिल्ला आएको छोटै समयमा परिवर्तन भएको अनुभूति हुन थालेको सेवाग्राहीले बताउने गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?