logo
२०८१ बैशाख ४ मंगलवार



मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

खुला |
प्रदेश |


मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


नवीन शिशिर विक
बागलुङ, फागुन २६ गते । बागलुङको निसीखोला गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा पर्दा एक युवकको मृत्यु भएको छ । निसीखोला गाउँपालिका –४ झिवाखोलादेखि निसीखोला –३ याङम्याङ जानेक्रममा आज मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४० वर्षीय देवीराम खड्कको मृत्यु भएको हो ।

ध २ २ १९२१ नम्बरको मोटरसाइकल सडकदेखि करिब तीनसय मिटर तल गहतेरा खोलामा खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो । मोटरसाइकलसँगै खड्का पनि खोलामा फेला पर्नुभएको छ । मोटरसाइकल तीव्र गतिका कारण दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?