logo
२०८१ बैशाख ८ शनिवार



सप्तरी काँग्रेसको मतगणना जारी, सभापतिमा साहको अग्रता

खुला |
प्रदेश |


सप्तरी काँग्रेसको मतगणना जारी, सभापतिमा साहको अग्रता


धीरेन्द्रप्रसाद साह
राजविराज, फागुन २६ गते । नेपाली काँग्रेस सप्तरीको सभापति पदको मतगणना बिहीबार बिहानबाट सुरुभएको छ । दुईवटा संसदीय क्षेत्रका चारवटा प्रदेश सभा क्षेत्रको मतगणना सकिएको छ । पछिल्लो परिणामअनुसार सभापति पदमा रामदेव साह १६३ मतले अग्रता लिनुभएको छ ।

क्षेत्र १ (क) र २ (ख) को मतगणना सम्पन्न भएको छ । सभापतिमा रामदेव साह ६४१ र शत्रुघन यादव ४७८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य सन्तोष भण्डारीले जानकारी दिनुभयो । हालसम्म ३८ वटा मत बदर भएको उहाँले जानकारी दिनुभयो ।

जिल्लाको चारवटा संसदीय क्षेत्रमध्ये अब ३ र ४ क्षेत्रका गरी चार प्रदेशसभा क्षेत्रको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ । गत २४ गते मतदान सम्पन्न भएपनि मतगणना बिहीबारबाट मात्र सुरु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?