logo
२०८१ बैशाख ११ मंगलवार



नुहाउने क्रममा तीन बालबालिका भेरी नदीमा बेपत्ता

खुला |
प्रदेश |


नुहाउने क्रममा तीन बालबालिका भेरी नदीमा बेपत्ता


मुना हमाल
सुर्खेत, फागुन २८ गते । सुर्खेतमा नुहाउने क्रममा भेरी नदीमा तीन जना बालबालिका बेपत्ता भएका छन् । नुहाउने क्रममा आज शनिबार दुई बालिका र एक जना बालक बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भेरीगंगा नगरपालिका वडा नं १३ का १२ वर्षीया गंगा खड्का, सोही ठाउँका १२ वर्षीया कृष्णा सिंजाली र लेकवेशी नगरपालिका वडा नं ५ का ८ वर्षीय दिनेश बुढा भेरी नदीमा नुहाउने क्रममा बेवक्ता भएका हुन् ।
कार्यालयका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले आज शनिबार साँझ पाँच बजेतिर भेरीगंगा नगरपालिका वडा नं ११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएको जानकारी दिनुभयो । उहाँले छिन्चु र लेकवेशीबाट प्रहरी टोली घटनास्थलमा गएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?