logo
२०८१ बैशाख १२ बुधवार



हुम्लामा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच एकता

खुला |
प्रदेश |


हुम्लामा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच एकता
दुई पार्टीबीचको समायोजन कार्यक्रमका सहभागीहरु । तस्बिर - राजन रावत, हुम्ला



राजन रावत
हुम्ला, फागुन २९ गते । जनता समाजवादी पार्टीमा हुम्ला जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने दुई जना केन्द्रीय सदस्यसहित सिङ्गो जिल्ला कार्यसमिति र नेकपा माओवादी केन्द्रबीच समायोजना भएको छ । केन्द्रीय नीति नभए पनि जिल्लामा केही समय अघि दुई पार्टीबीच जिल्लास्तरमा समायोजन गर्ने सहमति अनुसार आइतबार घोषणासभा आयोजना गरेर समायोजन भएको हो ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य बिरजङ्ग शाहीले केन्द्रीय सदस्यद्वय बिरजङ्ग शाही र कालीबहादुर बिक, संघीय परिषद सदस्य जसबहादुर भण्डारी, ८१ सदस्यीय जिल्ला कार्यसमिति र नेकपा माओवादी केन्द्रबीच जिल्लामा पार्टी समायोजना भएको बताउनुभयो ।

पार्टी समायोजन कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही, माअ‍ोवादी केन्द्र कर्णाली प्रदेश समितिका अध्यक्ष बिमला केसी, हुम्ला जिल्लाका सांसद छक्कबहादुर लामाको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?