logo
२०८१ बैशाख १४ शुक्रवार



सिमकोटमा आगलागी : सात लाख रपियाँ बराबरको क्षति

खुला |
प्रदेश |


सिमकोटमा आगलागी : सात लाख रपियाँ बराबरको क्षति


राजन रावत
हुम्ला, फागुन २९ गते । सिमकोट गाउँपालिका– ५ को खाद्यक (तल्लो गाउँ) मा शनिवार दिउँसो भएको आगालागीबाट सात लाख रुपियाँ बराबरको क्षति भएको छ । शनिबार अपरान्ह सो आगलागीबाट शौचालय, गोठ, दाउरा र घाँस जलेर नष्ट भएर सो क्षति भएको हो ।

प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माका अनुसार गाउँको मध्यक्षेत्रमा रहेको दाउरा र घाँस राखेको स्थानमा आगलागी भएको थियो । आगलागीबाट वसन्त रोकायाको शौचालय, पदम रावतको गोठ, दाउरा र घाँस तथा चक्र रावतको दाउरा र घाँस जले क्षति भएको छ । घटनास्थलमा पुगेको प्रहरीले तयार पारेको मुचुल्काअनुसार अनुमानित सात लाख रुपियाँ बराबरको क्षति पुगेको छ ।

आगलागीबाट ठूलो परिमाणमा भण्डारण गरेर राखिएको दाउरा जसेर नष्ट भएको छ । त्यसैगरी दुई थुप्रो पशुबस्तुका लागि भण्डारण गरिएको घाँस पनि जलेको छ । कसरी आगाली भएको भन्ने अहिले अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार बिजुली तार सर्ट वा बालबालिकाले खेल्ने क्रममा आगो लगाएको हुनसक्ने अनुमान गरिएको छ ।

आगो लागेपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै ठूलो सङ्ख्यामा स्थानीयवासी लागेर नियन्त्रणमा ल्याउनुभएको थियो । यसबाट मानवीय मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । घरहरु जोडिएर निर्माण गरिएको कारण उक्त गाउँ ठूलो दुर्घटनाबाट जोगिएको छ । आगाली दिउँसो भएका कारण पनि कम क्षति भएको स्थानीयको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?