logo
२०८१ बैशाख २३ आईतवार



बारामा काँग्रेसको दोस्रो चरणको निर्वाचन : मतदान जारी

खुला |
प्रदेश |


बारामा काँग्रेसको दोस्रो चरणको निर्वाचन : मतदान जारी


शिवशङ्कर मिश्र
बारा, फागुन २९ गते । नेपाली काँग्रेसको बारा जिल्ला सभापति चयनका लागि आइतबार दोस्रो चरणको मतदान हुँदैछ । शनिबार तय भएको मतदान आज सारिएको निर्वाचन समितिले जनाएको छ ।

फागुन २५ गते भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो । काँग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन कुल खसेको मतको ५१ प्रतिशत मत सभापति पदका ३ जना उम्मेदवारमध्ये कसैले प्राप्त गर्न नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको हो ।

पहिलो चरणको निर्वाचन अन्तर्गत सभापतिका उम्मेदवारमध्ये राजेश राय यादवले ८३३, शम्भुबहादुर बुढाथोकीले ८०९ र रामान्द यादवले ७०८ मत प्राप्त गर्नुभएको थियो । कुल मतदाता सँख्या दुई हजार ४८० जना रहेका छन् । पार्टीको विधानअनुसार ५१ प्रतिशत मत ल्याउन नसक्दा निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताउनुभयो ।

आइतबार बिहान ८ बजेदेखि मतदान गर्ने तयारी रहे पनि करिब १० बजेदेखि मतदान सुरु भएको उहाँले जानकारी दिनुभयो । राय र बुढाथोकी संस्थापन पक्षका हुनुहुन्छ । यादव संस्थापन इतरका उम्मेदवार हुनुहुन्छ । तेस्रो स्थानमा रहेका रमानन्द यादवले राजेश राय यादवलाई समर्थन गरेपछि बुढाथोकी र यादवबीच प्रतिस्पर्धा हुन लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?