logo
२०८१ बैशाख २४ सोमवार



सप्तरीमा आगलागी, लाखौं रुपियाँको क्षति

खुला |
प्रदेश |


सप्तरीमा आगलागी, लाखौं रुपियाँको क्षति


देवराम प्रसाद यादव
सप्तरी, फागुन २९ गते । सप्तरीमा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका छन् । जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ टेंगरीमा शनिबार मध्यरातमा आगलागी भएको हो । स्थानीय डम्बर यादवले आफ्नो घर अगाडि राखेको रुखको पातमा एकाएक आगलागी भएको प्रहरीले जनाएको छ ।

खाना खाएर सबै जना सुतिसकेको अवस्थामा गाउँमा भएको आगलागीबाट डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, मनोजकुमार यादव, फुलदेव यादव, महेशकुमार यादव, बृजनारायण यादव, महेश यादव, भोला यादव, अमरेन्द्र यादव, धिरज यादवसहित १३ जनाको घर जलेर नष्ट भएका छन् ।

आगलागीले ९ वटा बाख्रा जलेको छ । प्रहरीकाअनुसार दिनेश यादवको ४ वटा र फुलदेव यादवको ५ वटा बाख्राक जलेर मृत्यु भएको छ । आगलागीले लाखौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

मध्यरातमा भएको आगलागी राजविजराजस्थित प्रहरी तालिम केन्द्र, हनुमाननगर कंकालिनी र शम्भुनाथ नगरपालिकाबाट गएको बारुणयन्त्रले बिहान ५ बजेतिर नियन्त्रणमा लिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?