logo
२०८१ बैशाख १९ बुधवार



पाल्पामा बस र माइक्रो ठोक्किँदा १३ जना घाइते

खुला |
समाज |


पाल्पामा बस र माइक्रो ठोक्किँदा १३ जना घाइते


रेखीराम राना
पाल्पा, फागुन २९ गते । तानसेन–तम्घास सडकखण्डको रिब्दीकोटको सिरुखर्कमा बस र माइक्रो ठोक्किँदा १३ जना घाइते भएका छन् ।

आइतबार दिउँसो पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको लु १ ख ९७९४ नम्बरको बस र गुल्मीबाट पाल्पातर्फ आउदै गरेको बा ५ ख २२८७ नम्बरको माइक्रो ठोक्किएका हुन् ।

दुर्घटनाका घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइराखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?