logo
२०८१ बैशाख १४ शुक्रवार



इतुम्बहालमा ११ थकालीकाे स्थविराभिषेक

खुला |
प्रदेश |
समाज |


इतुम्बहालमा ११ थकालीकाे स्थविराभिषेक


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ३० गते । श्रीभाष्करदेव संस्कारीत केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजको आयोजनामा इतुम्बहालमा स्थविराभिषेक (थाय्पा लुइगु) कार्यक्रम गरिएको छ ।

चार दिन चल्ने यस स्थविराभिषेक कार्यक्रम अन्तर्गत तेस्रो दिन इतुम्बहालमा रहेका ११ खलकका ज्येष्ठ संघ थकालीलाई स्थविराभिषेक गर्ने प्रचलन रहेको छ । जस अनुसार नौ जना मुलस्थवीर मणिरत्न शाक्य, स्थविर मोतीकाजी शाक्य, अमिररत्न शाक्य, बोधवीर शाक्य, रविबहादुर शाक्य, सानुबाबु शाक्य, तेजरत्न शाक्य, विजेन्द्र शाक्य र सानुमान शाक्यको अभिषेक गरिएको थियो ।

यस समाजमा एक चक्रेश्वर, एक मुलस्थवीर र नौ जना स्थवीर गरी एघार जनाको थाय्पा मण्डल रहने प्रावधान छ । सो मण्डलले वज्रयान परम्परा अनुसार अभियन्तर तथा अन्य विविध पूजाआजा तथा अनुष्ठान सञ्चालन गर्ने परम्परा रहिआएको छ । नेवाः संस्कृति र परम्परामा स्थविराभिषेक महत्वपूर्ण मानिएको छ। 

काठमाडौँ उपत्यकाका महाविहारमध्ये केशचन्द्रवृत पारावत् विहारमध्ये सबैभन्दा ठूलो र पूरानो महाविहारमध्ये एक हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?