logo
२०८१ बैशाख ७ शुक्रवार



सेवा चुस्त बनाउन निरन्तर अनुगमनमा प्रमुख जिल्ला अधिकारी

खुला |
प्रदेश |


सेवा चुस्त बनाउन निरन्तर अनुगमनमा प्रमुख जिल्ला अधिकारी


राजन रावत
हुम्ला, फागनु ३० गते । प्रमुख जिल्ला अधिकारी सीता परियार जिल्लामा सरुवा भएर आएलगत्तै निरन्तर अनुगमनमा रहनुभएको छ । सेवा प्रदायक निकायको काम परिणाम निकाल्ने भएको र त्यसलाई सार्थक तुल्याउन अनुगमन नियमित गरिरहेको उहाँले बताउनुभयो ।

प्रजिअ परियारले आफु जिल्लामा आएर कामकाज सम्हाले यता बाह्रदेखि पन्ध्र पटक फरक फरक निकाय र कामको स्थलगत अनुमगन गरिसकेको बताउनुभयो । यो अनुगमन अनुगमनका लागि मात्र नभएर परिणाम निकाल्नका लागि हो उहाँले भन्नुभयो । पहिलो पटक हिल्दुम साना जलबिधुत आयोजनामा मर्मत कार्य भइरहेको स्थानको अनुगमन उहाँले सुरु गर्नुभएको थियो ।

त्यसैगरी सिमकोट बिमानस्थल, स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय हातामै रहेको थुनुवाको अबस्था, मानसरोवर र बालमन्दिर माध्यामिक विद्यालयको पठनपाठनको अबस्था, सिमकोट हिल्सा सडक आयोजना, पुर्बाधार बिकास कार्यालयले निर्माण गरिरहेको खार्पु दोजाम पर्यटकीय सडकको भित्तरगौढा बिष्फोट गर्ने कार्य, कार्यालयमा छड्के लगायतका उहाँले अनुगमन गर्नुभएको छ ।

आगामी बैशाख ३० गतेको निर्बाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाउन आवश्यक रहेको बताउनुहुँदै प्रजिअ परियारले विकास कामको अनुगमनमा पनि आफूले निरन्तरता दिएको बताउनुभयो । हुम्लामा काम गर्न पाउनु आफ्नो लागि अवसर भएको उहाँको भनाई छ ।

कार्यालय प्रमुखहरुले आफुखुसी जिल्ला छाड्ने, सुचना तथा जानकारी दिने कार्यमा समस्या आएको अनुभव बटुलेपछि कार्यालय प्रमुखसँग बैठक बसेर निर्देशन दिनुभएको थियो । निर्णय गराएर दिएको निर्देशन कार्यान्वयनमा आएको बताउँदै प्रजिअ परियारले यसले जनतामा सकरात्मक सन्देश गएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?