logo
२०८१ बैशाख ७ शुक्रवार



स्थानीय तह निर्वाचन केन्द्रित काँग्रेसको कार्यक्रम

खुला |
प्रदेश |


स्थानीय तह निर्वाचन केन्द्रित काँग्रेसको कार्यक्रम


लीलाराज झापाली
बिर्तामोड, फागुन ३० गते । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले थालेको ‘गाउँ–गाउँ जाऔं–काँग्रेस जिताऔं’ अभियान अन्तर्गत सोमबार झापाको धुलाबारीमा काँग्रेसले अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

केन्द्रबाट झापाका लागि खटिनुभएका केन्द्रीय प्रतिनिधि उमेशजंग रायमाझीले अभियानको थालनी गर्दै काँग्रेसले जनतामा रहेको एमसीसी बारेको भ्रम र यथार्थबारे जानकारी गराउनुपर्ने बताउनुभयो । स्थानीय निर्वाचन परिणामका लागि काँग्रेसको पक्षमा माहौल बनाउन पार्टी कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो ।

पार्टी कार्यकर्ताबीचमा एकता र ऊर्जा अभिबृद्धि गदै काँग्रेसको नेतृत्वमा भएका राजनीतिक र आर्थिक उपलब्धीहरु जनतासमक्ष पु¥याउन समेत कार्यकर्तामा उहाँले आग्रह गर्नुभयो ।

आगामी चैत २९ गतेसम्म संचालन हुने अभियान अन्तर्गत जनताका घरदैलोमा पुगेर स्थानीय निर्वाचनमा आम मतदातालाई मतदानस्थलसम्म पु¥याउने लक्ष रहेको रायमाझिले बताउनभयो ।

कार्यक्रममा काँग्रेस झापाका सभापति देउकुमार थेवेले गत फागुन ३ गते सम्पन्न बैठकबाटै संगठन सुदृढीकरणका लागि वडा तहमा जिल्ला प्रतिनिधि खटाइसकेको जानकारी दिनुभयो ।
महाधिवेशन प्रतिनिधि, सम्बन्धित क्षेत्रका जिल्ला सदस्य, वडामा खटिएका जिल्ला प्रतिनिधि, क्षेत्र, प्रदेश क्षेत्र, गाउँ, नगर समितिका पदाधिकारी एवं वडा सभापतिहरु र भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुखहरुको सहभागिता कार्यक्रममा रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?