logo
२०८१ बैशाख ७ शुक्रवार



सडकपेटीमा फोहोरको थुप्रो, अनुगमन गर्ने निकाय मौन

खुला |
प्रदेश |


सडकपेटीमा फोहोरको थुप्रो, अनुगमन गर्ने निकाय मौन


जयकृष्ण यादव
इनरुवा, फागुन ३० गते । सुनसरी सदरमुकाम इनरुवासहित राजमार्ग क्षेत्रमा फोहोर जथाभावी फ्याक्ने भएकाले दुर्गन्ध बढेको छ । सडकमा नागरिकलाई स्वतन्त्र हिडडुल र स्वक्ष वतारणमा आवतजावत गर्न पाउने संवैधानिक अधिकार सुनिश्चित भएपनि राष्ट्रिय राजमार्ग र सहायक तथा हुलाकी मार्गमा उद्योगी, व्यवसायी, व्यक्ती तथा सवारीवालाले जथाभावी फोहोर फ्याक्दा दुर्गन्ध बढेको हो ।

सडकपेटीमा जथाभावी रुपमा पानीको बोतल, प्लास्टिक, कवाडीका समान, घरबाट निस्केको फोहोर, उद्योग, पसल र व्यसायबाट निस्केका कुहिने तथा नकुहिने दुवैखाले फोहोर फ्याक्ने भएकाले सडक छेउमा दुर्गन्ध बढेको इनरुवा नगरपालिकाका स्थानीय राहुल साहले बताउनुभयो । सदरमुकाम इनरुवाको मधेशा, डुम्राहा, बलाहासहितको मूख्य राजमार्ग र हुलाकी मार्ग क्षेत्र, रामधुनीको झुम्का, इटहरीको इटहरी, पकली, एकम्बा, तरहारा, सोनापुर, धरानको चारकोसे जंगल क्षेत्र, भोक्राहा नरसिंहको जनता चौक, चिरौली चौकमा बढी फोहोर थुप्रिएको स्थानीयको भनाई छ ।

सोहीअनुसार मोडेल चौक, फुलचौक, कोशीको लौकही, पश्चिाम कुशाहा, हरिपुर, भाण्टाबारी, श्रीपुर कटान सहितमा फोहोर जथाभावी फ्याक्ने प्रवृति बढेको स्थानीयको गुनासो छ । फोहोरले सडकमा सवारी र पैदलयात्रु दुवैले दुर्गन्धमा यात्रा गर्न बाध्य रहेको अविवक्ता सुमनचन्द्र कार्कीले बताउनुभयो ।

राजमार्ग क्षेत्रमा फोहोर जथाभावी फ्याक्नेलाई कार्वाही गर्ने निकायहरु मौन बसेकाले सडकपेटीमा फोहोेरको दुर्गन्ध बढेको कार्कीको भनाई छ । सडक र राजमार्ग छेउमा फोहोर गर्नेलाई कार्वाही नगर्दा एकपछि अर्को स्थानमा फोहोर जथाभावी फ्याक्ने प्रवृति बढेको कार्कीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?