logo
२०८१ बैशाख १४ शुक्रवार



चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

खुला |
प्रदेश |


चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ


धीरेन्द्रप्रसाद साह
जनकपुर, चैत १ गते । चोरी भएको मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका २ बस्ने २० वर्षीय अर्जुन यादव र १९ वर्षीय दीपेन्द्र यादव रहेको धनुषा प्रहरीले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका ५ महावीर चोकस्थित दुबै जनाले मोटरसाइकल चोरी गरी लगिरहेको अवस्थामा पक्राउ गरेको धनुषा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

अर्जुनले प्रदेश २–०३–००९ प २९२६ नम्बरको सुपर स्प्लेण्डर र दिपेन्द्रले बा ९६ प ९७८० नम्बरको मोटरसाइकल महावीर चोकस्थित भित्री गल्लीबाट चोरी गरी भाग्ने क्रममा चेकजाँचमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । उनीहरुउपर चोरीसम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, प्रहरीले सोमबार जनकपुरधाम उपमहानगरपालिका १४ स्थित सार्वजनिक बाटोमा भारतबाट भन्सार चोरी निकासी गरी ल्याएको वेवारिसे अवस्थामा विभिन्न किसिमको एक लाख २३ हजार ३२० रुपियाँ बराबरको लत्ताकपडा बरामद गरेर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको प्रनाउ बस्नेतले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?