logo
२०८१ बैशाख १४ शुक्रवार



मतदानस्थल वर्गीकरण, नौवटा अति संवेदनशील केन्द्र

खुला |
प्रदेश |


मतदानस्थल वर्गीकरण, नौवटा अति संवेदनशील केन्द्र


राजन रावत
हुम्ला, चैत १ गते । जिल्ला सुरक्षा समितिले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रका वर्गीकरण गरेको छ । समितिले राय सल्लाह र सुझावका आधारमा निर्वाचनलाई सुरक्षा प्रदान गर्न स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्न मतदान केन्द्रको वर्गीकरण गरेको हो ।

सुरक्षा समितिका सदस्य एवं प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माका अनुसार जिल्लाका कुल ५२ वटा मतदान केन्द्रमध्ये सुरक्षाका हिसावले नौवटा अति संवेदनशील, ३० वटा संवेदनशील र १३ वटा सामान्य वर्गीकरण गरिएको छ । गत २०७४ सालको निर्वाचनको भोगाइ र सबै पक्षको राय, सल्लाह र सुझावका आधारमा समितिले मतदान केन्द्रको वर्गीकरण गरिएको बताएको छ ।

यद्यपि समितिले वर्गीकरण गरिएका मतदान केन्द्रको नाम भने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सार्वजनिक गरेको छैन् । अब मतदान केन्द्रको वर्गीकरणसँगै निर्वाचनमा सुरक्षा ब्यवस्था मिलाउन सहज हुने बताइएको छ । यसैबीच जिल्ला निर्वाचन अधिकृत श्यामबहादुर रानाका अनुसार ५२ मतदान केन्द्रमध्ये मतदाता सङ्ख्याको आधारमा पाँचवटा मतदानस्थल थप हुनेभएका छन् ।

एक हजारभन्दा बढी मतदाता सङ्ख्या भएका ती मतदान केन्द्रमा स्थल थपिने रानाले बताउनुभयो । यसरी मतदानस्थल थपिने केन्द्रमा खार्पुनाथ गाउँपालिका– ६ को मान्धारा माध्यामिक विद्यालय भकुण्डा, त्यसैगरी सोही गाउँपालिका–१ के मालिका माबि लाली, सिमकोट गाउँपालिका–७ को टुलिङ, ताँजाकोट गाउँपालिका– ३ को कैलास आधारभूत विद्यालय थापागाउँको मतदान केन्द्र र सर्केगाड गाउँपालिका–७ को सृजनशील आधारभूत विद्यालय माझगाउँका मतदान केन्द्रमा एक एकवटा मतदानस्थल थपिने बताउनुभयो । यी मतदान केन्द्रहरुमा क र ख बुथबाट मतदाताहरुका लागि मतदान गर्ने ब्यवस्था गरिने रानाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?