logo
२०८१ बैशाख १५ शनिवार



नवजीवन सहकारीको अध्यक्षमा बम निर्वाचित

खुला |
प्रदेश |


नवजीवन सहकारीको अध्यक्षमा बम निर्वाचित


अविनाश चौधरी
धनगढी, चैत १ गते । कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षमा नेकपा (एमाले) का नेता देवबहादुर बम विजयी हुनुभएको छ ।अध्यक्षका प्रत्यासी नेपाली काङ्ग्रेसका रतन कठायतलाई एक हजार ३०८ मतान्तरले पराजित गरी बम अध्यक्षमा विजयी हुनुभएको हो ।

विजयी बमले आठ हजार ३९१ मत प्राप्त गर्नुभयो । पराजित हुनुभएका कठायतले सात हजार ८३ मत प्राप्त गर्नुभयो । यसअघि भएको साधारण सभा पनि अध्यक्ष पद्मा कठायत पराजित हुनुभएको थियो । उपाध्यक्षमा चेतराज ओझा विजयी हुनुभएको छ । उहाँले सात हजार ३२९ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी भरतराज जोशीले छ हजार ८७२ मत प्राप्त गर्नुभयो ।

सञ्चालक समिति सदस्यमा इन्दिरा जैशी (८३११ मत), उत्तम जोशी (६९२४ मत), गोपालराज पाठक (६८५७ मत), केशवराज मिश्र (६७८० मत), डा. महेशराज विष्ट (६६३० मत) प्राप्त गरेर विजयी हुनुभएको छ । यसैगरी, सोही पद्मै घनबहादुर शाह (६६११ मत), उपेन्द्र विष्ट (६४७७ मत), शिवकुमार जोशी फुलारा (६३६४ मत), गणेश बम (६१७२ मत), शिवनाथ ओझा (६०१५ मत) र जयराज जोशी (६१०२ मत) विजयी हुनुभएको छ ।

लेखा सुपरीवेक्षण संयोजक समितिमा चेतराज जोशी सात हजार १६५ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँको प्रतिद्वन्द्वी मदनराज ओझाले छ हजार ४४७ मत प्राप्त गरी पराजित हुनुभयो ।
सो समितिका सदस्यमा सात हजार १४१ मत प्राप्त गरेर गणेशप्रसाद उपाध्याय र सात हजार २५ मत प्राप्त गरेर लक्ष्मीराज पन्त विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत डा. लोकबहादुर विष्टले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?