logo
२०८१ बैशाख ४ मंगलवार



दुर्घटनामा परी दुई जनाको मृत्यु

खुला |
प्रदेश |


दुर्घटनामा परी दुई जनाको मृत्यु


बिष्णुप्रसाद पोखरेल
दमक, चैत १ गते । झापामा सवारी दुर्घटनामा परेर दूई जनाको ज्यान गएको छ । झापाको कमल गाउँपालिका –५ सितापुरीमा सोमबार राती बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाम सुर्योदय नगरपालिका १ सिर्जनाटोलका ३९ वर्षीय कमल राईको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो । सोमबार राति साढे ७ वजेतिर पूर्वबाट पश्चिम जाँदैगरेको लु १ ख ८८३६ नम्बरको बसले पैदलयात्री राईलाई ठक्कर दिएको थियो । अस्पताल लैजानेक्रममा राती ८ बजे राईको मृत्यु भएको थियो ।

बस चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको पाठकले बताउनुभयो । यसैगरी सोमबार दिउसो दमकको वडा २ स्थित बेलडाँगीमा ट्याक्टरको ट्रलीबाट खस्दा एक मजदुरको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । को २ त ९१२६ नम्बरको ट्याक्टरको डालाबाट खसेर ३५ बर्षिय मिथुन तामाङको मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । तामाङ सोहि ट्याक्टरमा कार्यरत मजद्ुर रहेको प्रहरीको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?