logo
२०८१ बैशाख १४ शुक्रवार



मानव बेचबिखनका फरार अभियुक्त दम्पती पक्राउ

खुला |
प्रदेश |


मानव बेचबिखनका फरार अभियुक्त दम्पती पक्राउ


धीरेन्द्रप्रसाद साह
जनकपुर, चैत २ गते । मानव बेचबिखन तथा ओसारपसार एवं अपहरण मुद्दाका अभियुक्त दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १३ बस्ने ४२ वर्षीय रामजी पासमान र उनको ३२ वर्षीया श्रीमती बिभा पासवान रहेको धनुषा प्रहरीले जनाएको छ ।

सो मुद्दामा धनुषा जिल्ला अदालतले २०७७ माघ २२ गते गरेको फैसलामा रामजीलाई २२ वर्ष कैद र दुई लाख ५० हजार रुपियाँ जरिवाना सुनाएको छ । बिभालाई १७ वर्ष कैद र एक लाख ५० हजार जरिवाना गरेको छ ।

अदालतको फैसलापछि फरार दम्पतीलाई जनकपुरधाम उपमहानगरपालिका १३ बाटै पक्राउ गरी जिल्ला अदालत धनुषामा पेस गर्दा अदालतले झुम्का कारागार कार्यालय सुनसरीमा पठाउने आदेश भएकाले त्यहाँ पठाउन लागेको धनुषा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?