logo
२०८१ मंसिर ९ आईतवार



भरुवा बन्दुकको पासोमा परेर एक जनाको मृत्यु

खुला |


भरुवा बन्दुकको पासोमा परेर एक जनाको मृत्यु
सांकेतिक तस्बिर


डडेलधुरा, चैत २ गते। डडेलधुरामा भरुवा बन्दुकको पासोमा परेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–४ का ४५ वर्षीय दलबहादुर पान रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

मङ्गलबार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि थापेको पासोमा परेर पानको मृत्यु भएको डडेलधुराका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिनुभयो।

पानको डडेलधुरा अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको बताउनुभयो। घटनाका बारेमा अनुसन्धान भइरहेको उहाँको भनाइ छ।

प्रहरीले मृतकसँगै सिकार खेल्न गएका स्थानीय रतन पानलाई नियन्त्रणमा लिएको छ। भरुवा बन्दुकको पासोमा परेर उहाँको मृत्यु भएको देखिन्छ। प्रहरी नायब उपरीक्षक पालले भन्नुभयो, ‘मृतकसँग सिकार खेल्न गएका रतन पानले मृतक आफैँ बन्दुकको पासोमा परेर मृत्यु भएको जानकारी दिएको बताउनुभयो। पासो कसले थापेको हो भन्ने स्पष्ट नखुलेकाले प्रहरीले थप अनुसन्धान गरिरहेको पालले बताउनुभयो।

घटनामा अरु व्यक्तिको पनि संलग्नता हुनसक्ने आशङ्का गरिएको डीएसपी पालले बताउनुभयो। मृतकको शव डडेलधुरा अस्पतालमा राखिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?