logo
२०८० चैत्र १६ शुक्रवार



तीन सय वर्षदेखि ढुङ्गेधाराको भरमा सदरमुकामबासीहरु

खुला |
प्रदेश |


तीन सय वर्षदेखि ढुङ्गेधाराको भरमा सदरमुकामबासीहरु


राजन रावत
हुम्ला, चैत २ गते । हुम्लाको सदरमुकाम सिमकोटको एउटा गाउँ करिब तीनसय वर्षदेखि ढुङ्गेधारा पानीको भरमा रहँदैआएको छ । ढुङ्गे धारामा बारम्बार पानी आइरहने भएकाले सो गाउँका लागि नयाँ कुनै योजना निर्माण गरेर स्वच्छ पानीको व्यवस्था नगरिएको सो गाउँबासीको भनाइ छ ।

सदरमुकाम सिमकोट गाउँपालिका –६ मा पर्ने पाम्वाडा (माथिल्लो गाउँ ) का स्थानीय जुद्ध रोकायाले परापूर्वकालदेखि नै गाउँबासी गाउँ नजिकैको ढुङ्गेधाराको पानी प्रयोग गर्दैआएको बताउनुभयो । सो पानी प्रयोगका लागि योग्य भए नभएको हालसम्म कुनै परीक्षण नगरिएको उहाँले बताउनुभयो । सो धारामा पानी निरन्तर आइरहने भएकाले बिकासे निकायले नयाँ खानेपानी योजनाको निर्माणतर्फ ध्यान नदिएको गाउँबासीको भनाइ छ ।

पहिला ढुङ्गाकै तीनवटा धारा भए पनि पछि त्यसलाई मर्मत गर्नुपर्ने भएकाकारण ढुङ्गाको स्थानमा पाइप जडान गरेर धारा बनाइएको उहाँले बताउनुभयो । सो ढुङ्गे धाराको विशेषता भनेकै सदाबहार पानी एक नासले आउने गरेको उहाँको भनाइ छ । सो गाउँका वडा अध्यक्ष जयचन्द्र रोकायाले पाम्बाडा गाउँमा मानवबस्ती बसेदेखि धारामा पानी आउनेगरेको बताउनुभो । आफ्ना पुर्खाहरुको भनाइलाई आधार मान्ने हो भने कम्तीमा पनि तीनसय वर्ष अघिदेखि ढुङ्गेधारामा पानी आउने गरेको विश्वास उहाँले व्यक्त गर्नुभयो ।

गाउँलेहरुले मान्ने देवता कालाशिल्ता कैलाशबाट आएदेखि पानी आउन सुरु भएको बुढापाकाको भनाइ रहेको उहाँले जानकारी दिनुभयो । सो धाराबाट १७० घरधुरीका बासिन्दा प्रत्यक्ष लावान्भित हुँदै आएका छन् । सिमकोट बजारमा पानीको समस्या भएकाबेला सिङ्गो बजारवासीले सोही धाराको पानी प्रयोग गर्नेगरेको बताउनुभयो । धारा मुख्य सडकखण्डमै पर्ने भएका कारण बटुवा तथा सर्वसाधारण त्यसबाट लाभान्वित हुनेगरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?