logo
२०८१ बैशाख ८ शनिवार



एमाले धनुषाको अध्यक्षमा यादव निर्वाचित

खुला |
प्रदेश |


एमाले धनुषाको अध्यक्षमा यादव निर्वाचित


धर्बेन्द्र झा
धनुषा, चैत २ गते । नेकपा (एमाले) धनुषाको अध्यक्षमा राजकिशोर यादव सर्वसम्मत निर्वाचित हुनु भएको छ । एमाले धनुषाको बुधबार सम्पन्न सातौं जिल्ला अधिबेशनबाट यादव दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

अध्यक्ष यादवको नेतृत्वमा १३५ सदस्यीए नयाँ कार्य समिति सर्वसम्मत चायन गरिएको निर्वाचन समितिका सदस्य दिपेन्द्र साहले जानकारी दिनुभयो । एमाले धनुषा जिल्ला समितिको उपाध्यक्षमा भोला यादव र सचिबमा तेजनरायण यादवलाई सर्वसम्मत निर्वाचित गरिएको छ ।

त्यसैगरी दुई पद रहेको सहसचिबमा श्याम पुर्वे र तारा लामालाई सर्वसम्मत निर्वाचित गरिएको निर्वाचन समितिले जनाएको छ । जिल्ला कमिटिका नवनिर्वाचित पदाअधिकारीलाई आजै निर्वाचन समितिका सदस्य दिपेन्द्र साहले सपथग्रहण गराउनुभयो । फागुन ३० गतेवाट शुरु भएको जिल्ला अधिबेशनको समयाअवधि दुई दिन निर्धारण गरिएको भएपनि सर्वसम्मत नेतृत्व चायन गर्न एक दिन थप गरी नेताहरुले सर्वसम्मत नेतृत्व चायन गर्न सफल भएको बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष एवम मधेश प्रदेशका सहईन्चार्ज लिलानाथ श्रेष्ठले जानकारी दिनुभयो । नवनिर्वाचित पदाअधिकारीलाई एमाले केन्द्रिय सचिब एवम मधेस प्रदेश ईन्चार्ज रघुबिर महासेठले अबिर माला लगाएर बधाई तथा शुभकामना दिनुभयो ।

यसैवीच एमाले धनुषाका नवनिर्वाचित अध्यक्ष यादवले सबैलाई एकताबद्ध पारेर आफु अघि बढने र आउन लागेको तिनै तहको निर्वाचनमा एमालेलाई धनुषामा पहिलो पार्टी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?