logo
२०८१ बैशाख ११ मंगलवार



पोखरीमा डुबेर सैनिककाे मृत्यु

खुला |
प्रदेश |


पोखरीमा डुबेर सैनिककाे मृत्यु
फाइल तस्विर


वसन्त पराजुली
नारायणगढ, चैत ३ गते । गैँडाबाट वच्न भाग्ने क्रममा नेपाली ेनाका एक जवानको पोखरीमा डुवेर मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको खड्ग दल गणमा कार्यरत सेनाका जवान वर्ष २६ का पवन कटुवालको पोखरीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीकाअनुसार जिल्ला खोटाङ, खोटाङ गाउँपालिका ४ घर भएका कटुवालसहितको सेनाको टोली भोजबहादुर थापाको कमाण्डमा निकुञ्जभित्र गस्ती गर्नेक्रममा गैँडाले आक्रमणको प्रयास गरेको थियो । वुधवार राती भएको सो घटनामा गैँडाबाट वच्न भाग्नेक्रममा अतालिएर पोखरीमा हाम फाल्दा सो घटना भएको प्रहरीले जनाएको छ । कटुवाल सेनाको खड्ग दल गण अन्तर्गत साईली माईली पोष्टमा कार्यरत हुनुहुन्थ्यो ।

घटना भएको खवर पाएलगत्तै ईप्रका फुलबारीबाट प्रहरी टोली घटनास्थल पुगेर शव जाँच मुचुल्का तयार गरी पोष्टमार्टमाका लागि भरतपुर अस्पताल ल्याएको प्रानाउ अधिकारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?