logo
२०८१ बैशाख १३ बिहीवार



टिप्परको ठक्करबाट मोटरसाइकल यात्रुको मृत्यु

खुला |
प्रदेश |


टिप्परको ठक्करबाट मोटरसाइकल यात्रुको मृत्यु


जानु पाण्डे
कपिलवस्तु, चैत ३ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा बिहीबार बिहान ९ बजे टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । खडैचा नजिकै ना १ क ७४५३ नम्बरको टिप्परले लु ५४ प ९०८८ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल यात्रुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरको प्रहरी निरीक्षक रणबहादुर विष्टले बताउनुभयो ।

मृत्यु हुनेमा सोही गाउँपालिकाको ७ मानपुर बस्ने स्थानीय ४५ वर्षीय लालमन केवट रहेको बताइएको छ । टिपर र टिपरचालकलाई प्रहरीेले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ । शवको पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?