logo
२०८१ बैशाख २२ शनिवार



एमाले दैलेखको अध्यक्षमा रबिन्द्रराज शर्मा विजयी

खुला |
प्रदेश |


एमाले दैलेखको अध्यक्षमा रबिन्द्रराज शर्मा विजयी


कमल शर्मा
दैलेख, चैत ३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा विजयी हुनुभएको छ । शर्मा सूर्यबहादुर शाहीलाई एक सय ५१ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । एमाले दैलेखको नयाँ पदाधिकारी चयन गर्न बुधवार मतदान भएको थियो । निर्वाचन मण्डलले दिएको जानकारीअनुसार अध्यक्षमा निर्वाचित शर्माले ४ सय १४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सूर्यबहादुर शाहीले २ सय ६३ मत प्राप्त गर्नुभएको छ । जिल्लाभरबाट ७ सय २१ जना प्रतिनिधि छनोट भए पनि मतदानका क्रममा ६ सय ८४ मत खसेको थियो ।

यस्तै, उपाध्यक्षमा प्रेमबहादुर बुढा निर्वाचित हुनुभएको छ । भैरवी गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका बुढाले ४ सय ५९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी टोपबहादुर बिसीले १ सय ९६ मत प्राप्त गर्नुभएको छ । यस्तै, एमाले सचिवमा तिलकप्रसाद रिजाल निर्वाचित हुनुभएको छ । उहाँले ३ सय ६५ मत प्राप्त गर्दा प्रतिस्पर्धी रुद्ध शाहीले ३ सय २ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपसचिवमा कलावती न्यौपाने र गंगाराम दाहाल निर्वाचित हुनुभएको छ । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा डुङ्गेश्वर गाउँपालिकाको उपाध्यक्षमा झिनो मतले पराजित न्यौपाने २ सय ६४ मतसहित एमाले दैलेखको उपसचिव पदमा निर्वाचित हुनुभएको छ । उपसचिवमा निर्वाचित दाहालले २ सय २१ मत प्राप्त गर्नुभएको छ । दुई उपसचिवका लागि ८ जनाको उम्मेदवारी परेको थियो । उपसचिवमा प्रतिस्पर्धा गरेका चन्द्रप्रसाद दाहालले १ सय ७, जनकप्रसाद न्यौपानेले १ सय ९४, झविराज (कवि) खत्रीले ९३, प्रेमबहादुर खड्काले ९२, विष्णु शाहीले १ सय ४८ र लक्ष्मीकुमारी कार्कीले १ सय ३८ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, खुल्लातर्फ जिल्ला कमिटी अमरबहादुर शाही, ओमजङ्ग शाही, ई. कपिल खनाल, कर्णबहादुर शाही, कलम बिक, गणेशप्रसाद रेग्मी,. चन्द्रप्रसाद पोखरेल, सिपी शर्मा, जितेन्द्र थापा, नवीन योगी, नरेन्द्रबहादुर शाही, लक्ष्मीप्रसाद रेग्मी, श्यामल कँडेल, शेरबहादुर रावत, हुकुमबहादुर शाही निर्वाचित हुनुभएको छ ।

खुला महिलातर्फ अमृताकुमारी शाही, विमला थापा, रिना पोखरेल, रेखा थापा, सिताकुमारी शाही, दलिततर्फ धनबहादुर सुनार, पर्वसिंह विश्वकर्मा, प्रेम बिक, डम्बरबहादुर तिरुवा, सुरेन्द्र कामी, कर्णबहादुर बिक, शङ्करबहादुर नेपाली, कविराम सुनार, तिलक रोकाय,. पदमबहादुर बिक, लोकबहादुर नेपाली दलित महिलातर्फ तक्मा बिक, बाटुली सुनार, गीता रम्तेल, नन्दा बिक, आदबासी जनजाति पुरुषतर्फ प्रेमबहादुर रामजाली, कर्णबहादुर आले, कृष्णबहादुर थापा, धनबहादुर गुरुङ, कोषबहादुर दर्लामी, धनबहादुर रामजाली, आदिवासी जनजाति महिलातर्फ चन्द्रा राना, चन्द्रा श्रेष्ठ, चन्द्रा थापामगर निर्वाचित हुनुभएको छ । गत पुस २३ गते भएको निर्वाचनमा ७२१ प्रतिनिधि भएकोमा ३१ मत बढी खसेपछि निर्वाचन स्थगित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?