logo
२०८० चैत्र १५ बिहीवार



मोटरसाइकल ठक्करबाट चार वर्षीय बालकको मृत्यु

खुला |
प्रदेश |


मोटरसाइकल ठक्करबाट चार वर्षीय बालकको मृत्यु


शिवशङ्कर मिश्र
बारा, चैत ३ गते । मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । जितपुर सिमरा उपमहानगरपालिका –१८ बड्हर्वा टोलका केशव थापाका चार वर्षीय छोरा रियान थापामगरको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

मानवट मटिअर्वा सडकखण्ड अन्तर्गतको पिलुवास्थित मोतीचोक नजिकै बिहीबार बिहान ८ बजे नम्बर नखुलेको निलो रंगको आरटिआर अपाच्ची मोटरसाइकलको ठक्करबाट बालक गम्भीर घाइते भएका थिए । घाइते बालकलाई तत्काल उद्धारगरी उपचारको लागि पठाइएकोमा न्युरो अस्पताल वीरगंजले बालक मगरलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो ।

दक्षिणबाट पिलुवातर्फ आउँदै गरेका मोटरसाइकलले बाटो काट्नेक्रममा बालक मगरलाई ठक्कर दिई फरार रहेको चालकसहितको मोटरसाइकल खोजी भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

यसैगरी करेन्ट लागेर आदर्श कोतवाल गाउँपालिका –५ रुपौलीया टोलका २२ वर्षीय रन्जित पटेलको मृत्युभएको बारा प्रहरीले जनाएको छ । आफ्नो खेतको मकैबारीमा सिंचाई गर्न विद्युतीय मोटर चलाउन खोज्दा करेन्ट लागेर पटेलको बुधबार राती साढे १० बजे घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । मृतक पटेलको शव जिल्ला अस्पताल कलैयामा परीक्षण गरी शव आफन्तको जिम्मा लगाएर घटनाबारेमा अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?