logo
२०८१ बैशाख १४ शुक्रवार



अस्तु सेलाउने क्रममा डुबेर युवकको मृत्यु

खुला |
प्रदेश |


अस्तु सेलाउने क्रममा डुबेर युवकको मृत्यु
फाइल तस्विर


शिवराज ढुंगाना
अछाम, चैत ३ गते । मलामी गएका मंगलसेन नगरपालिका–३ लाछीमनाका अस्तु सेलाउने क्रममा युवकको नदीमा डुबेर मृत्यु भएको छ । लाछीमना निवासी २८ वर्षीय मिनबहादुर ढोली कैलाश र बुढीगंगा नदीको दोभान चित्रेमा अस्तु सेलाउने क्रममा डुबेर बिहीबार दिउँसो मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा मिनबहादुरको मृत्युपछि प्रहरी घटनास्थल पुगेको अछामका प्रहरी प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो । घर निर्माणको काम गर्ने ढोली बिहीबार मलामी जानुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?