logo
२०८१ बैशाख ८ शनिवार



सामुदायिक क्याम्पस पढ्ने ५२ जना विद्यार्थीलाई साइकल सहयोग

खुला |
प्रदेश |


सामुदायिक क्याम्पस पढ्ने ५२ जना विद्यार्थीलाई साइकल सहयोग


विष्णुप्रसाद पोखरेल
दमक, चैत ४ गते । झापाको दक्षिणी सीमावर्ती गाउँपालिका गौरीगन्जको एउटा वडा कार्यालयले वार्ड कार्यालयभित्रका गरिब तथा जेहेन्दार ५२ जना विद्यार्थीलाई वडा कार्यालयको बजेटमा साइकल उपलब्ध गराएको छ ।

गौरीगंज गाउँपालिका वार्ड ३ ले ११ कक्षामा अध्ययनरत विद्यार्थीलाई साइकल वितरण उपलब्ध गराएको हो । सामुदायिक बिद्यालय र क्याम्पसमा पढ्ने कक्षा ११ का विद्यार्थीले साइकल पाएका हुन् । गौरीगंज बहुमुखी क्याम्पस र गौरीगंज माविमा ११ कक्षामा अध्ययनरत ५२ जना विद्यार्थीलाई साइकल उपलब्ध गराइएको वडाध्यक्ष मखना महतोले बताउनुभयो । आदिवासी विपन्न समुदायका अधिकांशले कक्षा १० पछि कक्षा छाड्ने भएकाले विद्यार्थीको आकर्षण बढाउन साइकल वितरण गरिएको महतोले बताउनुभयो ।

यसका लागि वार्ड कार्यालयले ५ लाख १० हजार रुपियाँ बजेट विनियोजन गरेको थियो । गाउँपालिका अध्यक्ष बाबुराज श्रेष्ठका अनुसार साइकल पाउने भएका कारण पनि कक्षा ११ मा विद्यार्थीको भर्ना बढेको छ । सामुदायिक क्याम्पस तथा विद्यालयमा पढ्न आउने विद्यार्थीको सङ्ख्या बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । े

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?