logo
२०८१ बैशाख २२ शनिवार



मोटरसाइकल दुर्घटनामा असई घाईते

खुला |
प्रदेश |


मोटरसाइकल दुर्घटनामा असई घाईते


राजु लामिछाने
रुकुम, चैत ४ गते । रुकुम पश्चिमको आठबिसकोटका नगर प्रहरी सहायक निरीक्षक (असई) निरज बिक मोटरसाईकल दुर्घटनामा परी घाइते हुनुभएको छ । घाईते बिकको दुबै हात भाँचिएको छ । बिहीबार नगरपालिकाको वडा १० झिन्चौरबाट नगरपालिकाको कार्यालय राडि बजारतर्फ गइरहेकाबेला वडा ९ को जिगा भन्ने ठाउँमा मोटरसाईकलले पछाडिबाट ठक्कर दिँदा उहाँ घाइते हुनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमकाअनुसार बिक सवार मोटरसाईकल लाई पछाडिबाट आइरहेको होम प्रकाश शाह सवार कर्णाली प्रदेश ०२–००१ प ६९५९ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो । ठक्कर पश्चात दुर्घटनामा परेका असई बिकको दुबै हात भाँचिएको प्रहरीले जनाएको छ । विकको अनुहारसहित शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

आठबिसकोट नगरपालिका ८ का वडा अध्यक्ष मानबहादुर चनाराकाअनुसार घाईते असई बिकको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । आठबिसकोट नगर अस्पतालमा सामान्य उपचारपछि बिकलाई थप उपचारका लागि बिहस्बार राति नेपालगञ्ज लगिएको छ । ठक्कर दिने शाहलाई पनि चोट लागेको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?