logo
२०८१ बैशाख १४ शुक्रवार



डोटीमा दश दिने साँस्कृतिक महोत्सव आयोजना

खुला |
प्रदेश |
समाज |


डोटीमा दश दिने साँस्कृतिक महोत्सव आयोजना


डिलबहादुर सिंह
दिपायल, चैत ४ गते । डोटीको दिपायल सिलगढी नगरपालिका –४ दिपायलमा ‘डोटी साँस्कतिक मेला महोत्सव २०७८’ आयोजना गरिएको छ । चैत २ गतेदेखि सुरु भएको महोत्सव चैत १२ गतेसम्म सञ्चालन हुने आयोजक सँस्था ‘योगदान राष्ट्रका लागि डोटी’ ले जनाएको छ ।

महोत्सवमा तीन दिनको अवधिमा ६ हजारभन्दा बढी ब्यक्तिहरुले मेलाको अवलोकन गरेको योगदान राष्ट्रका लागि डोटीका अध्यक्ष दिपक खातीले जानकारी दिनुभयो । महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति दिनुभएको छ । ‘स्थानीय कला सँस्कृतिको सँरक्षणमा योगदान दिनु हाम्रो मुख्य उद्देश्य हो’ अध्यक्ष खातीले भन्नुभयो, ‘स्थानीय कलाकाले आफ्नो प्रस्तुतिका लागि स्थान पाएका छन् ।’

दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले महोत्सवको उद्घाटन गर्नुभयो । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारी स्तरबाट गरिएको लामो समयसम्मको लकडाउन र सरकारबाट जारी गरिएको स्वास्थ्य मापदण्डका कारण यसअघिका बर्षमा साँस्कृतिक महोत्सव सञ्चालन गर्न सकिएको थिएन । कोरोना भाइरस सङ्क्रमण घटेसँगै मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?