logo
२०८१ बैशाख ७ शुक्रवार



शिक्षकको कुटाईबाट बिद्यार्थीको हात भाँचियो

खुला |
प्रदेश |


शिक्षकको कुटाईबाट बिद्यार्थीको हात भाँचियो


चित्र मिजार
सिन्धुपाल्चोक, चैत ४ गते । बलेफी गाउँपालिका –१ आनन्द माध्यमिक बिद्यालयका सहायक प्रधानध्यपक दिपक तामाङको कुटाईबाट सो बिद्यालयमा अध्ययन्रत ११ जना बिद्यार्थी घाइते भएका छन् । घाइते बिद्यार्थीको अस्पतालमा उपचार भइरहेको छ । एक जना विद्यार्थीको हात भाँचिएको अभिभावकले बताएका छन् ।

गृहकार्य नगरेको बाहनामा तामाङले पाइपले कुटेपछि कक्षा ११ मा अध्ययन्रत छात्रा दिपिका श्रेष्ठको दाहिने हात भाँचिएको विद्यालयले जनाएको छ । उहाँसँगै सीमा श्रेष्ठ, सप्रिना श्रेष्ठ, सम्झना श्रेष्ठ, राजकुमार सुनुवार, बिजयबहादुर भण्डारी, दिलिप श्रेष्ठ, नोमाई स्याङबोलगायतका बिद्यार्थीलाई सहायक प्रअ तामाङले हात, खुट्टा, ढाड, टाउको र शरीरका बिभिन्न भागमा नीलडाम हुनेगरी कुटपिट गर्नुभएको छ ।

कुटाईबाट हात भाँचिएका दिपिका श्रेष्ठकाअनुसार शिक्षक तामाङले गृहकार्य खोई भन्दै अन्धाधुन्द कुटेका हुन् । शिक्षक तामाङ अहिले फरार रहेको बताइएको छ । पीडित बिद्यार्थीका अभिभावकहरुले इलाका प्रहरी कार्यालयमा जाहेरी दिने तयारीमा रहेको बताउनुभएको छ ।

पीडक तामाङका समर्थकहरुले पीडित बिद्यार्थीका अभिभावकलाई गुपचुपमा घटना मिलाउन दबाब दिइरहेको हाँत भाँचिएकी दिपिकाको मामा राजन श्रेष्ठले जानकारी दिनुभयो । घटनाबारे सो बिद्यालयका प्रअ शिव क्षेत्रीले शिक्षक तामाङले बिद्यार्थी कुटपिट गरेर गलत गरेको प्रतिक्रिया दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?