logo
२०८१ बैशाख १५ शनिवार



होलीमिलन तथा साहित्य कार्यक्रम सम्पन्न

खुला |
प्रदेश |
समाज |


होलीमिलन तथा साहित्य कार्यक्रम सम्पन्न


जयकृष्ण यादव
इनरुवा, चैत ४ गते । सुनसरीको सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा यहाँका आदीबासी तथा अन्य समुदायले धुमधामकासाथ होली पर्व मनाएका छन् । विभिन्न कार्यक्रमको आयोजना गरी होली मनाइएको उहाँहरुको भनाई छ ।

सुनसरीको इनरुवामा संखुवागाछी बचत तथा ऋण सहकारी संस्था लिमिटेड इनरुवाको आयोजनामा होली मिलन तथा साहित्यिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । इनरुवाका राजनीतिक दल, नेता तथा साहित्यकार र पत्रकारले रचना, विचार र कला प्रस्ुतत गर्दै होली साहित्यिक कार्यक्रम सम्पन्न गरेको संस्थाका अध्यक्ष फडिन्द्र दाहालले जानकारी दिनुभयो ।

कवि तथा साहित्यकारलाई मौलिक तरकारीका माला लगाएर सम्मानसहित होली विषेश गित, गजल, कविता, जोगिरा र लघुनाटकसहित कार्यक्रम सम्पन्न गरेको दाहालले जानकारी दिनुभयो । कार्यक्रममा कालकार तथा पत्रकारिता, राजनीतिक र साहित्यमा रुची राख्ने ५० बढी सरोकारवालाको सहभागिता थियो ।

कार्यक्रममा साहित्यकार फडिन्द्रप्रसाद दाहाल, किशोर कोईराला, काब्यकार डम्मरुबल्ल्भ भण्डारी, यसोदा अधिकारी, गीतकार राधा सुवेदी, टीका आचार्य, युवराज पोखरेल, समीक्षा दाहाल, सरिता घिमिरे, अर्जुन दाहाल (ओखलढुगेंं), कवि तथा पत्रकार जयकृष्ण यादव, वरिष्ठ साहित्यकार प्राज्ञ जिवनाथ पोखरेल, प्रध्यापक तथा साहित्यकार रमेन्द्रमुनि कोइराला, लिलानाथ सिलवाल, किसोर कोईराला, सागर तिम्सिनालगायतले रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकारसहित एमालेका नेता खेमराज पोखरेल, विदुर सुवेदी, नेपाली काँग्रेसका रोशन खड्का, सितोश पोखरेल, माओवादी केन्द्रका ओके दाहाल, नेकपा एकीकृत समाजवादीका तीर्थ अधिकारी, समाजसेवी रोशन भट्टराई, झडक खड्कासहितले होलीमा आपसी सदभाव र भाईचाराको कामना गर्दै शुभकामना दिनुभयो ।

इनरुवामा इनरुवा जेसिजले पनि होलीमिलन कार्यक्रम सम्पन्न गरेको स्थानीय सुनोज निरौलाले जानकारी दिनुभयो । बर्जु गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरेर होली विषेश कार्यक्रम सम्पन्न गरेको छ । यसैबीच गढी गाउँपालिका ४ छिटाहामा डिजिटल आदर्श गढी निर्माण अभियानको आयोजना र स्वयमसेवक शिक्षक प्राचार्यद्वारा बालिकासँग होलीमिलन कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँमा गरिएको कार्यक्रममा गढी गाउँपालिकाका उपाध्यक्ष राजकुमारी चौधरीले एकआपसमा सदभाव, भातृत्व र शिक्षाका लागि पनि होलिमिलन कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो ।

कार्यक्रममा नाचगान र पौराणिक होरीका गीतका कार्यक्रमसहित होलिमिलन कार्यक्रम गरेकोमा गढी गाउँपालिका ४ नम्बर वडाका अध्यक्ष रामचन्द्र महतोले छिटाहामा नौलौ कार्यक्रम भएको बताउनुभयो । कार्यक्रममा डिजिटल आर्दश गढी निर्माण अभियानका श्रवणकुमार यादव, विद्यानन्दन यादव, सुरेन्द्र चौधरीसहित कक्षा १० मुनीका बालबालिकालाई आफूले सिकेका कुराहरु निशुल्क रुपमा सिकाउने स्वयमसेवक शिक्षक सविता उराँव, रुवि शर्मा, सुशकला उराँव, रेनु मेहता, मनिता चौधरी, रुवि साहु, गौरी उराँव सहितको उपस्थिती थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?