logo
२०८१ बैशाख १३ बिहीवार



कनकाई उद्योग वाणिज्य संघको अध्यक्षमा बिमली

खुला |
प्रदेश |


कनकाई उद्योग वाणिज्य संघको अध्यक्षमा बिमली


लिलाराज झापाली
बिर्तामोड, चैत्र ४ गते । झापाको कनकाई उद्योग वाणिज्य संघको तेस्रो कार्यकालका लागि अध्यक्षमा तुलसी बिमली सर्वसम्मत हुनुभएको छ । बिमली यसअघि उद्योग वाणिज्य संघको महासचिव हुनुहुन्थ्यो ।

बिहीवार भएको निर्वाचन प्रक्रियामा बिमलीसहितको सिङ्गो टिम सर्वसम्मत भएको निर्वाचन आयुक्त प्रेमप्रसाद चुडालले बताउनुभयो । संघको वरिष्ठ उपाध्यक्षमा जनक कार्की, वाणिज्य उपाध्यक्षमा जीवन तिम्सिना, उद्योग उपाध्यक्षमा डिल्लीराम पाठक, महासचिवमा सरोज सिटौला, वाणिज्य सचिवमा अनिता मैनाली, उद्योग सचिवमा टीकाराम बराल र कोषाध्यक्षमा गोमादेवी कार्की रहनुभएको छ ।

यसैगरी सदस्यमा भविन्द्र भण्डारी, उत्सव वास्तोला, हरिकुमार कार्की, कमल श्रेष्ठ, विन्दुराज दाहाल, तारानाथ प्रसाई, टंकप्रसाद भट्टराई, चन्द्रा वुढाथोकी, रुना श्रेष्ठ र भन्द्रकला भेटवाल रहनुभएको निर्वाचन आयुक्त चुडालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?