logo
२०८० चैत्र १६ शुक्रवार



क्युआर कोडबाटै मन्दिरमा दान

खुला |
प्रदेश |


क्युआर कोडबाटै मन्दिरमा दान


लीलाराज झापाली
बिर्तामोड, चैत ५ गते । कनकाई नगरपालिकाले आफ्नो डिजिटल भुक्तानीलाई प्रयोगमा ल्याउन मन्दिरमा दान समेत क्युआर कोडबाट दिन सकिने प्रवन्ध मिलाएको छ ।

कनकाई नगरपालिका र माछापुच्छे बैंकको साझेदारीमा विभिन्न स्थान र कन्काई नगरपालिका २ मा अवस्थित धनुषकोटी धार्मिक विकास संस्थामा समेत दानका लागि क्युआर कोडको प्रबन्ध मिलाइएको हो । धाम विकास समितिका अध्यक्ष भक्तबहादुर पौड्यालकाअनुसार अव आफुलाई इच्छालागेको दानलाई क्युआर कोडबाटै मन्दिर र धाम विकास समितिलाई सहयोग गर्न सकिने बताइएको छ ।

कन्काई नगरपालिकामा हाल स–साना तरकारी पसलमा समेत डिजिटल बैङ्किङ प्रणाली क्युआर कोडबाटै भुक्तानी गर्नसक्ने व्यावस्था मिलाइएको छ । नगरपालिकाले पेपरलेस र क्यासलेस कारोवारलाई प्राथमिकता दिएर डिजिटल प्रणालीलाई प्राथमिकता दिदै लैजाने योजना लिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?