logo
२०८० चैत्र १६ शुक्रवार



कपिलवस्तुमा विद्यार्थीको झडप, १२ प्रहरी घाइते

खुला |


कपिलवस्तुमा विद्यार्थीको झडप, १२ प्रहरी घाइते


नारद कोहार
तौलिहवा, फागुन ६। कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीस्थित दुधाधारी माध्यमिक विद्यालयमा भडप भएको छ। होलीको टीकाको विषयमा सुरु भएको विवादले विद्यालय तनावग्रस्त बनेको हो।

विवाद बढ्दै जाँदा विद्यार्थीबीच झडप भएको हो। झडप छुट्याउन पुगेका एक शिक्षक, १२ जना प्रहरी घाइते भएका छन्।

झडप नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रुग्याससमेत प्रहार गरेको थियो। प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार झडपमा परेर नेपाल प्रहरीका नौ र सशस्त्र प्रहरीका तीनजना घाइते हुनुभएको हो।

झडप हुँदा विद्यालयमा रहेका १ दर्जन बढी कम्प्युटरमा क्षति पुगेको छ। झ्याल ढोका फुटेका छन्। झडपमा आक्रोशित विद्यार्थीले ढुङ्गा प्रहार गर्दा तोडफोड भएको हो ।

विद्यालय परिसर झन्डै तीन घण्टा तनावग्रस्त बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो। अवस्था सामान्य भएपछि विद्यालयमा प्रहरी, अभिभावक र विद्यालय प्रशासनबीच छलफल जारी छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?