logo
२०८१ बैशाख १३ बिहीवार



फरार प्रतिवादी पक्राउ

खुला |


फरार प्रतिवादी पक्राउ
सांकेतिक तस्बिर


धर्बेन्द्र झा
धनुषा,चैत ७ गते । धनुषा प्रहरीले वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी दानबहादुर ल्यामगरलाई पक्राउ गरेको छ ।

जिल्लाको गणेशमान चारनाथ नगरपालिका– ५ घर भएका ३६ वर्षीय ल्यामगरलाई जिल्ला प्रहरी कार्यालय धनुषा र चिसापानी प्रहरी चौकीबाट खटिएका संयुक्त प्रहरी टालीले गाँउमा लुकीछिपी हिँडिरहेको अवस्थामा चैत ३ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका ल्यामगरलाई आवश्यक अनुसन्धानपछि कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पत्रसहित लेखी पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता जितेन्द्रकुमारले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

यसैगरी, दुई दिनको अवधिमा धनुषा प्रहरीले मादक पदार्थ सेवन गरी ट्राफिक नियमविपरीत सवारी चलाएका ६९ वटा सवारी साधनलाई कारबाही गरेको छ ।

होली पर्वलाई मर्यादित एवं व्यवस्थित बनाउनका लागि जिल्लाको विभिन्न स्थामा गरेको चेक जाँचको क्रममा ६४ वटा मोटरसाइकल र पाँच वटा कारलाई नियन्त्रणमा लिएर कारबाही गरेको प्रहरी नायब निरीक्षक कुमारले जानकारी दिनुभयो ।

त्यस्तै, प्रहरीले सार्वजजिक स्थानमा होहल्ला गर्ने तीन जनालाई नियन्त्रणमा लिएर सम्झाइबुझाई छाडिदिएको र प्रहरीसँग वादविवाद गर्ने जनकपुरधाम उपमहानगरपालिका–१९ घर भएका चमन ठाकुरलाई सार्वजनिक शान्तिविरुद्धको कसुर शीर्षक मुद्दामा म्याद लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । होली पर्वलाई मर्यादित एवं व्यवस्थित बनाउनका लागि पर्व अवधिभरिमा जिल्लाका विभिन्न स्थानमा ४८७ जना प्रहरी परिचालन गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?