logo
२०८१ मंसिर ९ आईतवार



जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

खुला |


जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ


मधुसूदन तिमल्सिना
काभ्रे, चैत ९ गते । सुस्त मनस्थिति भएकी किशोरीलाई अपहरण गरी जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सुस्त मनस्थिति भएकी १७ वर्षीया किशोरीलाई अपहरण गरी जबरजस्ती करणी गरेको आरोपमा काभ्रेको पाँचखाल नगरपालिका–१ का ३३ वर्षीय मङ्गलकृष्ण भन्ने मङ्गले तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार इलाम जिल्लाको पशुपतिनगरबाट तामाङलाई पक्राउ गरिएको थियो । गत फागुन २३ गतेदेखि बालिका बेपत्ता भएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । बालिकालाई इलामको पशुपतिनगरबाट चैत ६ गते सकुशल प्रहरीले उद्धार गरेको खतिवडाले जानकारी दिनुभयो ।

तामाङले काभ्रेको बनेपाबाट छिमेकी राष्ट्र भारतको दार्जलिङसम्म पु¥याएर शारीरिक तथा मानसिक रुपमा कमजोर सुस्त मनस्थितीकी बालिकालाई अपहरण गरी शरीर बन्धकमा लिई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

तामाङले आफैँ गायक तथा वैध हुँ भन्दै बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेका थिए । तामाङलाई अपहरण वा शरीर बन्धकसम्बन्धी कसुर र करणीसम्बन्धी कसुर अपराध शीर्षकमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला अदालत काभ्रेबाट मङ्गलबार थप समय लिएर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?