logo
२०८० चैत्र १६ शुक्रवार



एमाले केन्द्रीय सदस्य ठाकुर जसपा पार्टीमा प्रवेश

खुला |
राजनीति |
प्रदेश |


एमाले केन्द्रीय सदस्य ठाकुर जसपा पार्टीमा प्रवेश


माला कर्ण
कल्याणपुर, चैत ९ गते । नेकपा (एमाले) का केन्द्रीय सदस्य महिला नेतृ रञ्जु ठाकुर बुधबार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्नुभएको छ । नेतृ ठाकुरलाई जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबिर, माला र गम्छा लगाएर पार्टी प्रवेश गराउनुभयो ।

संविधान सभा सदस्यसमेत रहनुभएका उहाँसँगै राजविराजका उद्योगपति समाजसेवी अरूण प्रधानलगायत नेता तथा कार्यकर्ताहरू एमाले पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन् । कार्यक्रममा भौतिक पूर्वाधार तथा यतायातमन्त्रीसमेत रहनुभइका जसपा नेतृ रेणुकुमारी यादवलगायतको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?