logo
२०८१ बैशाख ८ शनिवार



बनो नहर निर्माण कार्य सुरुभएपछि किसान खुसी

खुला |
प्रदेश |


बनो नहर निर्माण कार्य सुरुभएपछि किसान खुसी


जीबछ यादव
लहान, चैत ९ गते । लहान नगरपालिका –१८ मा रहेको बानो नहर निर्माण कार्य सुरु भएपछि उत्तरी भेगका किसान खुसी भएका छन् । २०४३ सालमा २१ लाखको लगानीमा निर्माण भएको नहर बाढीका कारण खोला पश्चिमतर्फ बग्न थालेपछि नहरमा पानी आउन छाडेको थियो ।

बाँध निर्माण र नहर मर्मत तथा निर्माणका लागि लहान नगरपालिकाले ४९ लाख ५२ हजार ५१९ रुपियाँमा बजेट बिनियोजन गरी काम सुरु गरेको वडाध्यक्ष मो. शमशेर मियाँले जानकारी दिनुभयो । चार महिनामा नहर मर्मत तथा बाँध निर्माण सम्पन्न भएर वर्षाकोवेला लहान ९, १० र १८ नम्बर वडाका एक हजारभन्दा बढी किसान संिचाई गरेर लाभान्वित हुने उहाँले बताउनुभयो ।

स्थानीय रामप्रसाद चौधरीकाअनुसार बानो नहरको सञ्चालन भएपछि धान गहुँ मसुरी र तरकारी खेति गरेर किसानको आम्दानी बढ्ने भएकाले नहर निर्माण कार्यको सुरु भएपछि उत्तरी भेगका किसान निकै खुसी भएका हुन । बानो नहर निर्माणबारे तीन डाका किसान चिन्तित हुनुहुन्थ्यो । निर्माण कार्य सुरु भएपछि किसान खुशी व्यक्त गरेका छन् ।

बनो नहरमा चुरे जङगलबाट आउने पानी खेतमा गएपछि थोरै रसायनिक मल प्रयोग गर्दा पनि राम्रो उत्पादन हुने र पश्चिमबाट बानो खोला बग्दा उर्वरभूमि बगाएको खेत पनि सुरक्षित हुने भएकाले उत्तरी भेगका किसानका लागि बानो नहर मर्मत र बाँध निर्माणले निकै उपलब्धी हुने अर्का स्थानीय कृषक राम केपाल ठाकुरले खुसी व्यक्त गर्नुभयो ।

लहान नगरपालिकाको दक्षिणी भेगका कृषिकका लागि खुटी नहर निर्माण उत्तरी भेगको किसानका लागि बानो नहरले सिंचाई र २४ वटै वडाका एक हजार १३५ कृषकलाई निःशुल्क कृषि मिटर, बोरिङग स्यालो टयुवेलको व्यवस्था, किसान परिचयपत्र वितरण, मलखाद्य तथा बीउँमा अनुदान लगायतका सुविधा किसानलाई नगरपालिकाबाट दिइएको नगरप्रमुख मुनि साहले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?