logo
२०८१ मंसिर १० सोमवार



आँगनमै पानीको सुविधाले निगाले डिलमुनिसी खुसी

खुला |


आँगनमै पानीको सुविधाले निगाले डिलमुनिसी खुसी
घरआँगनमै उपलब्ध पानी थाप्नु हुँदै महिला उपभोक्ता । तस्विर बाबुराम शर्मा



बाबुराम शर्मा
चरीकोट, चैत १० गते । बाबुबाजेका पालादेखि पानीको हाहाकार व्यहोर्दै आएका सैलुङ गाउँपालिका–४ निगाले डिलमुवासी घण्टौँ लगाएर पानी बोकेर ल्याउनुपर्ने भन्झट हटेपछि खुसी भएका छन् ।

पालिकाको एक घर एक धारा कार्यक्रमलाई सहयोग गर्दै वाटर एड नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास मञ्च ( सीडीएफ ) दोलखाको समन्वयमा सञ्चालित खानेपानी सुरक्षा तथा बास उत्थानशीलता परियोजनाबाट घरआँगनमै पानी उपलब्ध भएपछि उनीहरु खुसी भएका उपभोक्ता एवम मजुवा निगाले खानेपानी तथा सरसफाइ योजना निर्माण समिति अध्यक्ष कृष्णप्रसाद ढुङ्गेलले खुसी व्यक्त गर्नुभयो ।
उहाँका अनुसार स्थानीयलाई घण्टौ लगाएर पानी लिन जानुपर्ने बाध्यता अब हटेको छ ।

पानी लिनकै लागि एक घण्टाभन्दा बढी समय लाग्ने गथ्र्यो । बाबुबाजेका पालादेखि नै पानीको जोहो गर्न नसक्ने बाध्यताले सधैँ पिरोलिरहेका थियौँ । अहिले आफ्नो घरमै पानी आएपछि धेरै खुसी लागेको छ । यसरी घरमै पानी प्रयोग गर्न पाइन्छ भनेर कल्पनासम्म पनि गरेको थिइँन । हुने बेलामा कता कताबाट जुर्दाेरहेछ ।

अहिले घरमै खानेपानीको धारा निर्माण भएपछि खानेपानी बोक्नुपर्ने दैनिकी फेरिएको खुसी व्यक्त गदै उपभोक्ता चेतबहादुर नेपालले भन्नुभयो, घरबाट टाडाको अबौँ खोला भन्ने ठाउँको कुवाको पानी पिउनुपर्थ्याे । पालो पाउन पनि गारो थियो । हिउँदमा त पालोका लागि राती नै कुवामा पुग्नुपर्दथ्यो । अब पानीका लागि हाम्रा समस्या सबै टरेका छन् । अहिले त स्वर्गबास जस्तै अनुभव भएको छ । यस्तो होला भनेर सपनामा पनि सोचेको थिएन । हाम्रा बालबालिकाले पानीको समस्या बेहोर्नुपर्दैन अब ।

पानीको अभाव हुँदा यहाँका महिलाहरुले पुरुषको भन्दा बढी समस्या झेल्नुपरेको थियो । लक्ष्मी नेपाल पूर्व स्मरण गर्दै भन्नुहुन्छ, राती नै जाँदा पनि १० बजेतिर पालो आउँथ्यो कहिलेकहीँ त । अन्तिमतिर धमिलो पानी पाइन्थ्यो । त्यही पनि लिएर आउनैपर्थ्याे , पिउनैपर्थ्याे । महिलालाई बढी पानी चाहिने तर एक गाग्री पानीले पु–याउनुपर्थ्याे । खाना बनाएर भाँडा चोख्याउन समेत पु–याउनैपर्थ्याे ।
हप्तामा एक पटक खोलमा गएर लुगा धुनुपर्ने दुःखेसो पोख्तै उहाँले भन्नुभयो, नुहाइधुहाइ पनि सातामा एक पटक, गाईवस्तुलाई खोलाकै भर थियो । अहिले त घरआँगनमै धारो छ । जति पानी प्रयोग गरे पनि हुन्छ । वस्तुभाउलाई पनि धाराकै पानी प्रयोग गरिन्छ । अबका सन्तानलाई त हाइसञ्च भएको छ । महिलाका लागि त वरदान सावित भएको छ ।

सीडीएफका इनिजनियर सुमन आचार्यका अनुसार , व्यक्तिगत घारा ४४ र सामुदायिक दुई ( लाभान्वित १५८ ) इन्ट्रान्स गेट छ, स्प्रिङ इन्टेक दुई , पानी ट्याङकी ( चार र पाँच घनमिटर क्षमताका ) दुई, इनटरप्सन च्याम्बर एक, ब्रेक प्रेसर चम्ेबर एक, डिस्टी्रब्युसन चेम्बर एक, वायरमेस फेन्सिङ ( २४ मिटर ) चार, पाइप लाइन तीन हजार ९४ मिटरलगायतका संरचना छन् ।

यो परियोजनामा वाटर एड नेपालको ३६ लाख दुई हजार ७१५, गाउँपालिकाको पाँच लाख ८०हजार २७९ र उपभोक्ता जनश्रमदान छ लाख ९४ हजार १०९ गरी कुल ४८ लाख ७७ हजार १०३ रुपियाँ लगानी रहेको जानकारी दिँदै सीडीएफका अध्यक्ष राजु थापाले भन्नुभयो, जडित धाराहरुलाई दिगो, भरपर्दो र पारदर्शी समेतका लागि ५७ हजार रुपियाँको मर्मत कोषको व्यवस्था गरिएको छ भने यसको वृद्धिका लागि धारामा राखिएको मिटरबाट कम्तीमा पनि प्रतिधारा ्रप्रतिमहिना एक सय रुपियाँ सङ्कलन गर्ने पनि व्यवस्था मिलाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?