logo
२०८० चैत्र १६ शुक्रवार



गन्धर्व परिवारलाई घरबासकै समस्या

खुला |
समाज |


गन्धर्व परिवारलाई घरबासकै समस्या
गन्धर्व परिवारलाई पुस्तौंदेखि अहिले सम्म घरबासको समस्या



शेरबहादुर सार्की
बाजुरा, चैत १० गते । बाजुराका गन्धर्व परिवारलाई पुस्तौंदेखि अहिलेसम्म घरबासको समस्या भएको छ । कोल्टी, रजाली, भौनेरा, कुल्देवमाण्डौ, बाह्रविसलगायतका ठाउँमा झण्डै ४३१ गन्धर्व घरपरिवारको घरवास नहुँदा उनीहरु पुस्तौंदेखि अहिलेसम्म त्रिपालमुनि बसोबास गर्दै आएका छन् ।

माटोबाट सुल्पा, हुक्का बनाउँदै गाउँमा दिएर अन्न उठाउँदै आएका गन्धर्व परिवारको पुस्तौंदेखि अहिलेसम्म आफ्नो नाममा एक आना पनि जमिन छैन । गन्धर्व परिवारसँग जमिन नहुँदा उनीहरु हिउँदको चिसो र वर्षाकाे झरिमा त्रिपालमुनिको बास बस्न बाध्य छन् ।

घुमन्ते जीवन शैली अँगाल्दै आएका बाजुराका गन्धर्व परिवारहरुले स्थानीय सरकारसँग घरबासको माग गर्दै आए पनि उनीहरुको मागलाई कुनै सरकारले सुनुवाइ नगरेको गन्धर्व परिवार बताउँछन् । पञ्चायतदेखि अहिलेको स्थानीय सरकारसँग घरबासकै माग राख्दै आए पनि हाम्रो कुरा कुनै सरकारले सुनुवाइ नगरेको बूढीगङ्गा नगरपालिका ७ मा अस्थायी रुपमा बसोबास गर्दै आएका चन्द्र वादीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला गाउँमा कसैको गाईगोठमा बास बस्न पाइन्थ्यो । अहिले कोही पनि बस्न दिँदैनन्, त्यसैले हिउँदको चिसो र वर्षाको झरिमा पनि यसरी नै त्रिपालमुनिको बास बस्दै आएका छौँ ।  यो समस्या भनेको अहिलेको होइन हाम्रो पुर्खाको पालादेखिको नै हो तर पनि कुनै सरकारबाट आँखा भएन हाम्रो पीडामा बडिमालिका नगरपालिका जुगाडाका सपना वादीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पञ्चायतदेखि अहिलेसम्म घरबासकै समस्या छ, यसका लागि कतै जमिनको व्यवस्था गरिदिनुहोस् भन्दै हामीले कैयौँ नेता तथा जनप्रतिनिधिसँग हारगुहार ग¥यौँ तर पनि सुनुवाइ नै गरेनन् ।’’

जनप्रतिनिधि घरमा आएर यती बेला तपाइको कुनै ठाउँमा व्यवस्था गर्छौ भनेर जान्छन् आज हुन्छ, भोलि हुन्छ भन्ने हामीलाई पनि आश लाग्छ तर त्यो आशमै हाम्रो पनि जीवन जाने भयो सपना वादीले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?