logo
२०८१ बैशाख ७ शुक्रवार



एकल महिलालाई बत्ती कात्ने धागो वितरण

खुला |
प्रदेश |


एकल महिलालाई बत्ती कात्ने धागो वितरण


तिलाचन पाण्डे
तम्घास, चैत १० गते । रेसुङ्गा नगरपालिका २ का ५८ जना एकल महिलालाई एकल भएको महसुस हुन नदिन बत्ती कात्ने धागो वितरण गरिएको छ । एकल महिला एकल भएर मनमा धेरै कुरा सोच्ने र दिमाग एकोहोरो हुने भन्दै त्यस्तो नहोस् भन्नका लागि बत्ती कात्ने धागो वितरण गरिएको हो ।


नगरपालिकाको सामाजिक तथा समावेशी लक्षित कार्यक्रम अन्तर्गत एकल महिलालाई बत्ती कात्ने धागो वितरण गरिएको नगरपालिकाले जनाएको छ । सामाजिक र पारिवारिक रुपमा पनि उहाँहरुलाई एकल भएको महसुस हुन नदिन र स्थानीय सरकार साथमा रहेको अनुभूति गराउन धागो वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जनाकारी दिनुभयो ।

एकल महिलालाई आध्यात्मीक चिन्तन स्वरुप वैदिक विधिद्वारा समाजमा एकीकरण गराउने भन्दै यस्तो कार्य गरिएको उहाँले बताउनुभयो । त्यस्तै, वडाका ३४ जना विपन्नलाई ट्याङ्की, ४६ जना ज्येष्ठ नागरिक, अपाङ्गता भएका, अशक्त र असाहयलाई ब्लाङ्केट वितरण गरिएको वडा अध्यक्ष उदयबहादुर थापाले जानकारी दिनुभयो ।


सामाजिक तथा समावेशी लक्षित कार्यक्रम अन्तर्गत कुल तीन लाख लागतमा हिल टङ्की, बलाङ्केट र धागो बितरण गरिएको थापाले बताउनुभयो । नगरपालिकाका उपप्रमुख सीता भण्डारीले सबै प्रकारका समूहलाई लक्षित वर्गको रुपमा नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।

नगरपालिकाले महिला र न्यून आय भएका व्यक्तिलाई आर्थिक रुपले सम्पन्न बनाउने गरी विगतदेखि नै कार्य गर्दैआएको दाबी अधिकृत मरासिनीले गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?