logo
२०८१ बैशाख २२ शनिवार



हुम्लामा पहिलो पटक पानी परीक्षण प्रयोगशाला स्थापना

खुला |
प्रदेश |


हुम्लामा पहिलो पटक पानी परीक्षण प्रयोगशाला स्थापना


राजन रावत
हुम्ला, चैत १० गते । हालसम्म पानीको परीक्षण बिनै प्रयोग गर्दै आउनुभएका हुम्लावासीका लागि पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । स्थानीयवासीलाई स्वच्छ र शुद्ध पानी प्रयोगका लागि निकै महँग उपकरण जडान गरेर जिल्लामै पहिलो पटक प्रयोगशाला स्थापना गरिएको हो ।

सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जिल्लामै पहिलो पटक पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको बताउनुभयो । उहाँले उक्त प्रयोगशाला स्थापनापछि उपभोक्ताले प्रयोगका लागि स्वच्छ पानीको उपभोग गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । हुम्लामा हालसम्म जति पनि खानेपानीका योजना सम्पन्न भएर सेवाग्राहीले पानी प्रयोग गर्दैआएकोे भएपनि परीक्षण बिनै गर्दै आउनुभएको छ ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा सञ्चालन भइरहेको खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम (वास) का संयोजक जंगबहादुर रोकायाले अब नयाँ बन्ने खानेपानीका योजनाका लागि पानीको प्रयोगशालामा परीक्षण भएर काम अगाडि बढ्ने बाटो खुलेको बताउनुभयो । यसबाट खानेपानी आयोजना निर्माण हुनुभन्दा अघि मुहानको पानी परीक्षण गरिनेछ ।

पानी प्रयोगका लागि योग्य ठहरिएर आयोजना निर्माणपछि आरबिटी, इन्टेक र घरमा जडान गरिएका धाराको पानीको पनि प्रयोगका लागि प्रयोगशालाका परीक्षण हुनेछ । यसबाट खानेपानीमा आरसेनिक, इकोली र धमिलोपनाको परीक्षण गर्न सहज हुनेछ । यसका लागि युनिसेफले दुई जनालाई प्रयोगशालाको परीक्षण गर्न तालिम प्रदान गरेर खटाएको छ । यस कार्यका लागि स्थापना गरिएको प्रयोगशालाका उपकरणको खरिददेखि जडानसम्म युनिसेफले आर्थिक सहयोग गरेको छ ।

नयाँ निर्माण हुने र पुराना निर्माण भएर हाल सञ्चालनमा रहेको खानेपानी आयोजनाको पानीको परीक्षण गर्नु हुनेछ । प्रयोगशालाको स्थापना गर्दै सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले अब स्थानीयवासीले शुद्ध र स्वच्छ पानी प्रयोग गर्न पाउने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?