logo
२०८१ बैशाख १२ बुधवार



नेपाली सेनाद्वारा बाल विकास भवन हस्तान्तरण

खुला |
प्रदेश |


नेपाली सेनाद्वारा बाल विकास भवन हस्तान्तरण


माला कर्ण
कल्याणपुर, चैत १० गते । नेपाली सेनाले सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका –१४ रम्पुरा मल्हनियाँमा स्तरोन्नति गरिएको बाल विकास भवन हस्तान्तरण गरेको छ । श्री राष्ट्रिय आधारभूत विद्यालयमा पूर्व–प्राथमिक भवनको स्त्तरोन्नतिपछि भीम दल गणले भवन हस्तान्तरण गरेको हो । सैनिक–नागरिक सम्बन्धको जनहित कार्यक्रम अन्तर्गत श्री नम्बर २७ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हेमराज केसीले उक्त भवन विद्यालय प्रशासनलाई हस्तान्तरण गर्नुभयो ।

विद्यालय भवन हस्तान्तरण गर्नुहुँदै बाहिनीपति सहायक रथी केसीले नेपाली सेनाले मानवीय सहायताका लागि शिक्षा, स्वास्थ्य, खेलकुद, प्रकृति तथा वातावरण संरक्षण आदि क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

शिक्षा क्षेत्रलाई टेवा पु¥याउने उद्देश्यले शिक्षा प्रणालीको आवश्यक्ता तथा बाल विकास भवनको अवस्था र विद्यालयको अनुरोधअनुसार विद्यालयको दुई कोठे बाल विकास भवनको स्तरोन्नति गरेको गणपति निरज भण्डारीले जानकारी दिनुभयो । बाल विकास कक्षामा सहभागी हुने बालबालिकाको पठनपाठनमा सुविधा पु¥याउन बाल विकास भवनको स्तरोन्नति गरेर हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

प्रधानाध्यापक राजकिशोर साहका अनुसार बाल विकास भवनमा भौतिक पूर्वाधार अन्तर्गत जमिन सतहबाट भवनको बेस हाइटलाई १८ इञ्च अग्लो पारिएको छ । भवन अगाडि ४ फिट पेटी र पछाडि २ फिट पेटी निर्माण गरिएको छ । कक्षा कोठामा प्लाष्टर मर्मत तथा रङ्गरोगन गरिएको छ । सिलिङ्गमा फल्स सिलिङ्ग लगाई भित्तामा नेपाली वर्णमाला, अंग्रेजी वर्णमाला तथा अङ्कसहित अन्य उपयोगी चित्रहरू बनाइएको छ ।

कक्षा कोठाको भुइँमा फोम तथा कार्पेटिङ्ग गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण यादवले बताउनुभयो । यादवका अनुसार झ्यालमा पर्दाको व्यवस्था, १२ वटा म्याट्रेस, २ वटा वाईट वोर्ड, २ वटा स्टिल ¥याक, २ वटा लो टेबल, ९ वटा साना डेस्क बेञ्च, १५ वटा ठूला डेस्क बेन्च, १ सेट टेवल कुर्सी तथा २० सेट लेगोस, २ वटा प्लाष्टिक हर्स रकर राखिएको छ । त्यसैगरी भवनको बाहिर अगाडि र छतमा ज्ञानवर्धक चित्रहरू कोरिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?